काठमाडौं– सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई जलविद्युत् कम्पनी नेपाल धितोपत्र बोर्ड पुगेका छन्।
रसुवागढी हाइड्रोपावर र पिपुल्स पावर कम्पनीले सेयर निष्कासनको अनुमति माग गरेका हुन्।
रसुवागढीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीयका लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका लागि सिद्धार्थ क्यापिटलसँग सहमति गरिसकेको छ।
यस्तै, पिपुल्स पावरले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७०० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।