काठमाडौं- हुंगा टोंगा-हुंगा हापाईमा विशाल ज्वालामुखी विष्फोटपछि न्यूजिल्यान्ड, फिजी र टोंगालगायत धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको छ। यो ज्वालामुखी पानीमुनि विस्फोट भएको बताइन्छ।
सामाजिक सञ्जालमा टोंगाबाट आएका तस्बिरहरूमा पानीका छालहरू चर्च र धेरै घरहरूमाथि बगिरहेको देखिन्छ। ज्वालामुखीबाट निस्किएको खरानी टोंगाको राजधानी नुकुआलोफामा जताततै खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यहाँ बस्ने मानिसहरूलाई उच्च स्थानहरूमा जान सरकारले अपील गरेको छ। हुंगा टोंगा-हुंगा हापाई ज्वालामुखी विष्फोटपछिको पछिल्लो विष्फोट हो।
अर्कोतर्फ, फिजीको राजधानी सुभाका अधिकारीहरूले ८ मिनेटसम्म चलेको ज्वालामुखी विष्फोटको आवाज ५०० माइल टाढासम्म पनि सुनिएको बताएका छन्।
टोंगाको भूगर्भ विभागले ज्वालामुखीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर उचाइमा पुगेको जनाएको छ। टोंगाको राजधानी, हुंगा टोंगा-हुंगा हापाई ज्वालामुखीबाट ६५ किलोमिटर मात्र अवस्थित छ।
अस्ट्रेलियाको मौसम विभागले त्यहाँ १.२ मिटर अग्लो सुनामी आएको जानकारी दिएको छ ।
हुंगा टोंगा-हुंगा हापाई ज्वालामुखीबाट २३०० किलोमिटर टाढा रहेको न्यूजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।