काठमाडौं- पाकिस्तान सरकारले अफगानिस्तानसँगको विवादित डुरान्ड लाइनमा काँडेतारको बार लगाउने भएको छ।
पाकिस्तानका आन्तरिकमन्त्री शेख रसिदलेले यस सिमानामा दुवैतर्फ बसोबास गर्ने जनताको सुरक्षालाई ध्यानमा राखेर २६ सय किलोमिटर डुरान्ड लाइनमध्ये २१ किलोमिटर सीमा क्षेत्रमा तारबार लगाउने बताएका हुन्।
तर, अफगानिस्तानले यो सीमाको विरोध गर्दै आएको छ। बेलायती शासनकालमा निर्धारण गरिएको यो सिमानाले पश्तून जनजातिलाई विभाजित गरेको छ।
विगत केही हप्ताहरूमा सामाजिक सञ्जालमा तालिवान लडाकुहरूले काँडेतारको बारहरू लगाइरहेको भिडियो सार्वजनिक भएको थियो।
यद्यपि, अफगान विदेश मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खावरज्मीले पाकिस्तानलाई सीमामा तारबार लगाएर विभाजन गर्ने अधिकार नभएको बताएका छन्। उनले पाकिस्तान सरकारको यो कदमलाई ‘अनुचित र अवैध’ भनेका छन्।
यससँगै अफगानिस्तानको तालिवान सरकारले जनवरी ४ मा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।