काठमाडौं- ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलका लागि भारत र फिलिपिन्सबीच सम्झौता भएको छ।
फिलिपिन्सले करिब ३७४.९ मिलियन डलर (२७.८९ अर्ब रुपैयाँ)को खरिद सम्झौता गरेको हो। दुवै देशले छिट्टै यो सम्झौतामा हस्ताक्षर गर्ने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
ब्रह्मोस बिक्रीको सम्बन्धमा दक्षिण पूर्व एसियाका अन्य केही देशसँग पनि वार्ता भइरहेको समाचारमा जनाइएको छ।
ब्राह्मोस मिसाइल फिलिपिन्सको नौ सेनाको कोस्टल डिफेन्स रेजिमेन्टमा तैनाथ हुने पहिलो मिसाइल हुनेछ।
दक्षिण चीन सागरमा फिलिपिन्सको चीनसँग विवाद रहेको विज्ञहरू बताउँछन्। यस सन्दर्भमा यो सम्झौताको महत्त्वपूर्ण हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।