काठमाडौं- आयरल्यान्डका क्रिकेटर केभिन ओब्रेनले एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै केभिन काठमाडौं किंग्स इलाभेनमा आवद्ध भएको जनाइएको हो।
काठमाडौंका सिइओ राजजंग थापाका अनुसार केभिन काठमाडौंबाट खेल्न उत्साहित भएको बताए।
केभिन आयरल्यान्डका सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने क्रिकेट हुन्। २००६ देखि आयरल्यान्डबाट खेल्दै आएका उनले पाँच पटक टी-२० विश्वकप र तीन पटक एकदिवसीय विश्वकप खेलिसकेका छन्। विश्वकपका विभिन्न लिग खेलिसकेका उनले गत महिना आयरल्यान्डका लागि टेस्टमा शतक प्रहार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।