काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको शुक्रबार सम्पन्न ११औं साधारणसभाबाट उक्त प्रस्ताव पारित भएको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
साधारणसभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१ प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत हुने गरी सेयरधनीहरुको सेयर संरचना परिवर्तन गर्ने सञ्चालक समितिको निर्णयसमेत अनुमोदन गरिएको बैंकले जानकारी दिएको छ।
यस बैंकले देशभर १२६ शाखा, १० एक्सटेन्सन काउन्टर, २५ शाखारहित बैंकिङ र १०८ एटीएममार्फत् वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।