• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

संकटमा अर्थतन्त्र : किन भए अधिकांश सूचक ऋणात्मक?

64x64
नेपाल लाइभ आइतबार, माघ २, २०७८  १३:३४
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुलुकको अधिकांश आर्थिक सूचक नकारात्मक रहेको औंल्याएको छ। पछिल्लो पाँच महिनाको विवरण समेटिएको उक्त प्रतिवेदनबाट मुलुकको अर्थतन्त्र संकटतर्फ उन्मुख हुँदै गरेको देखिन्छ। 

प्रतिवेदनअनुसार मूल्यवृद्धि छ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फिति (मूल्यवृद्धि) ७.११ प्रतिशत कायम भएको प्रतिवेदनमा उल्लेख छ। वैदेशिक रोजगारमा गएका नेपालीले पठाउने रेमिट्यान्स ६.८ प्रतिशतले घटेको छ। यस अवधिमा मुलुकको शोधानान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोड रुपैयाँले घाटामा रहेको छ। त्यस्तै विदेशी विनिमय सञ्चिति १० अर्ब तीन करोड अमेरिकी डलर रहेको छ। 

समीक्षा अवधिमा आयात ५९.५ प्रतिशत र निर्यात १०५.६ प्रतिशतले बढेको छ। संघीय सरकारले पाँच महिनामा तीन खर्ब ८७ अर्ब तीन करोड रुपैयाँ खर्च गर्दा चार खर्ब १२ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.७ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकको यो प्रतिवेदनले मुलुकको अर्थतन्त्र नकारात्मक दिशातर्फ गइरहेको देखाउँछ। यसले मुलुकको अर्थतन्त्रमा छिट्टै दुर्घटना निम्त्याउनसक्ने अर्थविद्हरुले औंल्याएका छन्। मुलुकको मुख्य स्रोतको रुपमा रहेको रेमिट्यान्स लगातार घट्नु र मूल्यवृद्धि उच्च बिन्दुमा पुग्नु अर्थविद्हरुको भनाइलाई पुष्टि गर्ने आधार बनेका छन्। 

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा शोधनान्तर स्थिति सवा एक अर्ब रुपैयाँ बचतमा थियो। त्यसपछिका सबै महिना घाटामा देखिएको छ। हरेक महिनामा घाटा उच्च दरले बढिरहेका कारण देशको अर्थतन्त्र टाट पल्टने दिशामा गएको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गर्न थालेका छन्। राष्ट्र बैंकका अनुसार सोधनान्तर स्थिति गत साउनमा ३८ अर्ब ७४ करोड, भदौमा ८३ अर्ब ४० करोड, असोजमा ७६ अर्ब १३ करोड र कात्तिकमा एक खर्ब ५० अर्ब ३७ करोड रुपैयाँ घाटामा रहेको थियो। यो क्रम अझै केही समय जाने भएकाले अबको बाटो झन् ओरालोतिरको रहेको पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले टिप्पणी गरे। 

‘राष्ट्र बैंकको तथ्यांक हेर्दा नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ, तर यसबारे सरकार गम्भीर देखिँदैन,’ उनले भने, ‘यो अर्थमन्त्रीसँगको सरोकार मात्रै भएन, देउवा सरकारको जिम्मेवारीको प्रश्न हो।’ प्रधानमन्त्री शेरबहादुर देउवाले नै यो जिम्मेवारी महसुस गरेर सरकारले छिट्टै कदम चाल्न आवश्यक भएको उनले बताए।

‘बिस्तारै ओरालो लागेको अर्थतन्त्र समयमै सुधार गर्न नसके भीरको डिलमा पुग्न धेरै समय लाग्दैन,’ पूर्वअर्थमन्त्री लोहनीले भने, ‘अर्थतन्त्रको संकट तथ्यांकमा मात्र सीमित रहँदैन। एक तह पुगेपछि तथ्यांकभन्दा मानिसको भावनाले प्राथमिकता पाउनेछ।’ उनले देश साँच्चै टाट पल्टेको परिकल्पना गर्न नसकिने भएकाले सरकारले तथ्यांक हेरेर उचित कदम चाल्नुपर्नेमा जोड दिए। सरकारले तत्कालै आफ्ना प्राथमिकताहरु निर्धारण गरेर तहगत काम गरेमा यसलाई केही सुधार गर्न सकिने तर यसरी नै बेपर्वाह हुने हो भने जटिल अवस्था नजिकै रहेको लोहनीको टिप्पणी छ।

राष्ट्र बैंकका पूर्वगभर्नर एवं अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले पनि अर्थतन्त्रको अवस्था झन्-झन् खराब हुँदै गएको बताए। उनले पनि तत्काल सरकारले यसका लागि कदम उठाउनुपर्ने बताए। ‘सरकारलाई मेरो सुझाव : विदेशी मुद्रा व्यय हुने काम तत्काल बन्द गरौं,’ उनले भने, ‘सरकारले पनि आफ्नो खर्चमा मितव्ययिता अपनाउनुपर्छ। विदेश भ्रमणदेखि अन्य खर्चमा कटौती गर्नुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले नेपालबाट धेरै रकम विदेशमा भुक्तानी हुने विलासी सामग्रीहरु खरिदमा कडाइ गर्नुपर्ने आवश्यकता अहिलेको तथ्यांकमा देखिएको बताए। ‘मुख्य कुरा हाम्रो आचार र व्यवहार अब संशोधन गर्नुपर्छ। सरकारी कर्मचारीले अनिवार्य रुपमा नेपालमा उत्पादन गरेका कपडा लगाउने बानी बसाउन आवश्यक भइसकेको छ,’ पूर्वगभर्नर क्षेत्रीले भने, ‘नेपालमा उत्पादन हुनसक्ने वस्तुहरु पनि विदेशबाटै आयात गर्ने अनि व्यापार घाटा बढ्यो भनेर हुँदैन। यसलाई रोक्न सरकारले कडाइका साथ काम गर्नुपर्छ।’

अहिलेको अवस्थामा पुग्नुको पछाडि कोभिड-१९ सुरु भएदेखिकै अवस्थादेखि आर्थिक गतिविधि राम्रोसँग सञ्‍चालन हुन नपाउनु भएको उनको बुझाइ छ। ‘पहिलो कुरा त हाम्रो महत्त्वाकांक्षाले पनि धेरै काम गरेको छ। त्यही अवस्थामा कोरोनाको पहिलो लहर हुँदै अहिले ओमिक्रोन पनि फैलिएको छ,’ क्षेत्रीले भने, ‘पहिलो लहरले आर्थिक गतिविधि हुन दिएन। डेल्टा भेरियण्ट आएपछि झन् आर्थिक अवस्था कमजोर भयो। राहतलगायतका काम मात्र भए। उद्योगधन्दा अलिअलि चल्न थालेको थियो तर उत्पादन हुनै पाएन, लगानी मात्र भयो।’

मानिसहरुले 'मोनोपोली' नाफा लिन धेरै मात्रामा लगानी गरेका कारण अहिले व्यापार घाटा धेरै देखिएको र आयात पनि बढेको हुनसक्ने उनको बुझाइ छ। ‘लगानीमात्र बढ्यो, उत्पादन बढेन। कच्चा पदार्थ ल्याउने त बाहिरबाटै हो। निक्षेप संकलनभन्दा बढी ऋण गएकै हो,’ उनले भने, ‘ऋण नोक्सान बढाउन लिएको त हैन, नाफा कमाउनकै लागि हो। तर, लगानीमात्र भएको छ। उत्पादन भएको छैन।’

उद्योगहरुले मेसिनरी  खरिदका लागि विदेशीलाई भुक्तानी गरेको र यही आयातका कारण ऋणमात्र देखिएको उनले औंल्याए। ‘मानौं नेपालमा जहाजका कति कम्पनी छन्? उनीहरुले खरिद गरेर ल्याउँदा व्यापारमा पर्‍यो। पैसा ठूलो मात्रामा  विदेश गयो,' उनले भने।

Xtrem

Xtrem

क्षेत्रीले खाद्यान्नमासमेत विदेशीको भर पर्नुपरेको कारण विस्तारै यो अवस्थामा पुगेको बताए। ‘कोदो ,फापरलगायत हामी आफैंले उत्पादन गर्ने वस्तु पनि आयात गर्न थाल्यौं। अनि व्यापार घाटा नहुने कुरै भएन,’ उनले भने, ‘हामी हात बाँधेर बस्यौं अनि विदेशको खान थाल्यौं। नेपालमा आफैं उत्पादन गर्न सकेको भए पुँजी नेपाली बजारमा लगानी हुने, रोजगारी सिर्जना हुनेदेखि अन्य गतिविधिसमेत हुने थियो। त्यसो हुन नसक्दा अहिलेको अवस्थामा आइपुगेका हौं।’

आवश्यकता छ भनेर सरकार र राष्ट्र बैंकमाथि कराउनेहरुका कारण अहिलेको अवस्था आएको उनको बुझाइ छ। सरकारले पनि राजस्व बढाउने मात्र सोचेको उनले बताए। ‘चीनमा बनेको जनै लगाउन थालेपछि अर्थतन्त्र यस्तै हुने हो,’ क्षेत्रीले भने, ‘स्वदेशमा उत्पादन हुने कुरामा जोड दिन जरुरी थियो। हामी सस्तो राष्ट्रियता देखाउने काम त भयो तर हामी व्यवहारमा अराष्ट्रिय रहेछौं।’ उनले चार महिनामा सुनमात्र ३१ अर्बको आयात हुनुले हामी कहाँ छौं भन्ने प्रस्ट पार्ने उल्लेख गरे। ‘यसरी आयात भएको सुन के मा प्रयोग भयो? कतै पारदर्शी छ?, ’ उनले प्रश्न गरे , ‘आयात भएको सुन सबै नेपालीको गलामा झुण्डिएको छ त?'

आयात निरुत्साहित गर्नुपर्नेमा यसो हुन नसकेका कारण समस्या आएको उनको बुझाइ छ। ‘हामीलाई विदेशका विलासितामा महँगा वस्तु लिनपरेको छ। यही बानी लागेको छ,’ पूर्वगभर्नर क्षेत्रीले भने, ‘नेपालमा उत्पादन हुने ऊनबाट बनेको कपडा कसैले लगाउँदैनन्। बेलायतको ब्रान्डेड कम्पनीको खरिद गर्छ। रहनसहन र खानापान बेलायतको हुन थालेको छ।’ यस्ता प्रशस्त कारणले विस्तारै अर्थतन्त्रलाई नकारात्मक बाटोमा पुर्‍याएको उनको भनाइ छ। देशको अवस्था सुधार गर्न सरकारले ठोस नीति ल्याउन ढिलाइ गर्न नहुने उनले बताए। 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अहिलेको अवस्था चुनौतीपूर्ण भएको तर खराब नै भने नरहेको दाबी गरे। यस्तो अवस्थामा अत्यावश्यकबाहेकका वस्तु आयात कम गर्ने र विदेशी सहायता परिचालन बढाउनुपर्ने उनले बताए।

यो सजग हुने बेला भएको तर यसलाई नै खराब भन्न नमिल्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए। ‘अहिले आत्तिनुपर्ने होइन सच्चिनुपर्ने र नियमन गर्नुपर्ने अवस्था भने रहेको छ,’ उनले भने, ‘सतर्कता अपनाएर मनिटरिङ गर्नुपर्ने अवस्थामा अर्थतन्त्र रहेको छ।’

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
एमालेले बोलायो स्थायी कमिटी बैठक
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा बुधबार, असोज २१, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्