• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

अर्थमन्त्रीको 'दबाब'मा भाँडियो हिमालयन-इन्भेष्टमेण्ट बैंकको मर्जर

64x64
नेपाल लाइभ शुक्रबार, पुस ३०, २०७८  २१:००
1140x725

काठमाडौं- हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकबीचको मर्जर अन्तत: भाँडिएको छ। हिमालयन बैंकको साधारणसभाबाट इन्भेष्टमेण्टसँगको मर्जर प्रस्ताव पारित हुन नसक्दा मर्जर प्रक्रिया भाँडिएको हो। 

गत वैशाखमा मर्जरको सैद्धान्तिक सहमति गरेका दुवै बैंकले मर्जरमा जाने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका थिए। हिमालयन बैंकको शुक्रबार सम्पन्न साधारणसभाबाट उक्त प्रस्ताव अस्वीकृत भएसँगै दुई बैंकबीच मर्जरको प्रक्रियामा 'ब्रेक' लागेको हो।

हिमालयन बैंकमा धेरै सेयर रहेका कर्मचारी सञ्‍चय कोष, एन ट्रेडिङ कम्पनी प्रालि र छायाँ इन्टरनेसनल प्रालिले प्रस्तावको विपक्षमा मत हालेका थिए। हिमालयनमा कोषको १४ प्रतिशत सेयर रहेको छ। यस्तै मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनीको १२.७१ र छायाँ इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर रहेको छ। यी तीनवटै सेयरधनी मर्जरको विपक्षमा उभिएका हुन्।

यी दुई बैंकबीच मर्जर हुन नदिन अर्थमन्त्री जनार्दन शर्माले मुख्य भूमिका खेलेको हिमालयन बैंकका एक अधिकारी बताउँछन्। उनका अनुसार अर्थमन्त्री शर्माकै दबाबमा सञ्‍चय कोष मर्जरको विपक्षमा उभिएको हो। 'अर्थमन्त्रीको चाहना जसरी हुन्छ मर्जर हुन नदिने नै थियो। त्यहीअनुसार कर्मचारी सञ्चय कोषलाई दबाब दिनुभयो र अन्तत: उहाँले आफ्नो मिसन सफल पार्नुभयो,' ती अधिकारीले नेपाल लाइभसँग भने। 

कोषले सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) पुन: गर्नुपर्ने, स्वाप रेसियो परिवर्तन गर्नुपर्नेलगायत सर्त अघि सारेको थियो। यी दुई बैंकबीच मर्जरका लागि स्वाप अनुपात १:१ कायम गर्ने सहमति भएको थियो। तर, कोषले यसलाई परिवर्तन गरी १००:७८ अर्थात् हिमालयनको प्रतिकित्ता सेयर मूल्य १०० रुपैयाँ हुँदा इन्भेष्टमेण्टको प्रतिकित्ता ७८ रुपैयाँ कायम गर्नुपर्ने प्रस्ताव गरेको थियो। यस्तै इन्भेष्टमेण्टले तिर्न बाँकी कर मर्जर हुनुअघि नै चुक्ता गर्नुपर्ने सर्तसमेत कोषले राखेको थियो। कोषको यीनै सर्तका कारण मर्जर भाँडिएको हिमालयन बैंकका ती अधिकारीको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले नै मर्जर नचाहेका कारण समस्या भएको हिमालयन बैंकका अधिकारीहरु बताउँछन्। दुई बैंकको डीडीए गर्दा श्रेष्ठ सञ्चय कोषको सीईओ थिए। 'कोषको सीईओ हुँदा स्वीकृत गरिसकेको डीडीए पुन: गराउनुपर्ने सर्त राख्नु बैंकको अध्यक्षले नै मर्जर नचाहेको प्रस्ट हुन्छ,' ती अधिकारीले बताए।

मर्जर भाँडिएसँगै यी दुई बैंकले राष्ट्र बैंकको कारबाही बेहोर्नुपर्ने भएको छ। राष्ट्र बैंकका एक अधिकारीका अनुसार हिमालयन बैंकले मर्जर भाँड्न मुख्य भूमिका खेलेकोले उसमाथि बढी कारबाही हुनेछ। हिमालयन र इन्भेष्टमेण्टले अब सेयरधनीलाई लाभांश वितरण गर्न पाउने छैनन्। मर्जर भाँडिएपछि  लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाउने भएको हो।

मर्जरको प्रस्ताव अस्वीकृत गरेको हिमालयन बैंकको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद गरी कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव भने पारित गरेको छ। यता इन्भेष्टमेण्ट बैंकले १५ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित गर्ने तयारी गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मर्जरकै लागि यी दुई बैंकको सेयर कारोबार १० महिनादेखि रोकिएको छ। मर्जर भाँडिएपछि दुवै बैंकका लगानीकर्ता पीडित बन्ने भएका छन्। महिनौंदेखि कारोबार गर्न नपाएका लगानीकर्ता लाभांश पाउनबाटसमेत वञ्‍चित हुनुपरेको हो।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा
सुनको मूल्य तोलामा १९ सयले घट्यो
सम्बन्धित सामग्री
राष्ट्र बैंकलेे ताेक्याे आजका लागि विदेशी मुद्राको विनिमय दर बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा रहेको छ । आइतबार, कात्तिक २९, २०८३
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो चाँदीको वायदा मूल्य ३.७२ प्रतिशत घटेर प्रतिऔंस ५०.०६५ अमेरिकी डलरमा कारोबार बन्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटले ने... शुक्रबार, कात्तिक २७, २०८३
विदेशी रकमको विनिमय दर घट्यो कि बढ्यो ? भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । शुक्रबार, कात्तिक २७, २०८३
ताजा समाचारसबै
लैंगिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै मंगलबार, मंसिर १, २०८३
अमेरिकामा ‘डर्टी बम’ आक्रमण गर्ने इरानको योजना, ट्रम्प प्रशासनका उच्च अधिकारी निशानामा मंगलबार, मंसिर १, २०८३
सुनको मूल्य तोलामा १९ सयले घट्यो मंगलबार, मंसिर १, २०८३
यी हुन् यस वर्षका उत्कृष्ट करदाता (सूचीसहित) मंगलबार, मंसिर १, २०८३
१९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्