काठमाडौं– बुधबार बिहान सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ सिस्नेपाल गाउँमा मृत भेटिएका नाबालिका दिदीबहिनीको हत्या उनीहरुकै आमाले गरेको खुलेको छ।
तीन वर्षीया करिस्मा र छ महिनाकी राघवी राना बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेका थिए। प्रहरीले अनुसन्धानका लागि आमा पूर्णिमा रानामगरलाई नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुको हत्या पूर्णिमाले नै गरेको खुलेको छ। कामको सिलसिलामा नुवाकोटमा रहेका श्रीमान्सँग पूर्णिमाले बुधबार बिहान फोनमा झगडा गरेकी थिइन्।
सोही झोँकमा दुवै छोरीको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशरकुमार न्यौपानेले जानकारी दिए। नियन्त्रणमा लिइएकी पूर्णिमाले पतिसँगको झगडापछि रिसको झोँकमा आफू पनि मर्ने उद्देश्यले छोरीहरुको हत्या गरेको बयान दिएकी छन्।
नुवाकोटमा रहेका श्रीमान टेकमान राना पनि सल्यान आउँदैछन्। थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।