काठमाडौं– बलिउड अभिनेताद्वय अक्षय कुमार र इमरान हाशमी दोस्रो पटक पर्दामा सँगै देखिने भएका छन्। अक्षयले आफ्नो आगामी फिल्म ‘सेल्फी’को टिजर सार्वजनिक गर्दै यसको जानकारी दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत् फिल्मको टिजर सार्वजनिक गरेका छन्।
‘सेल्फी’ एउटा यस्तो यात्रा हो, जुन पूर्ण रुपमा मनोरञ्जन, हाँसो र भावनातर्फ लिएर जानेछ’, अक्षयले लेखेका छन्, ‘फिल्मको सुटिङ छिट्टै सुरु हुनेछ।’
‘वान्स अपन अ टाइम इन मुम्बई’ पछि इमरान र अक्षय दोस्रो पटक ‘सेल्फी’मा सँगै अभिनय गर्दै छन्। फिल्मलाई राज मेहताले निर्देशन गर्न लागेका हुन्।
फिल्म सन् २०१९ मा प्रदर्शनमा आएको मलयालम भाषाको फिल्म ‘ड्राइविंग लाइसेन्स’को रिमेक रहेको छ। फिल्मको निर्माण करन जौहरको ‘धर्मा प्रोडक्सन’ले गर्दै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।