काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन्।
३०० औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा मंगलबार बिहान ११ बजे सिंहदरबारको पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पणका लागि राष्ट्रपति भण्डारी पुगेकी थिइन्।
माल्यार्पण समारोहमा राष्ट्रपति भण्डारीका साथै नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता थियो।
नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उक्त अवसरमा विशेष सम्मान प्रस्तुत गरेको थियो। नेपालको एकीकरण गरेका शाहको जयन्तीका अवसरमा नेपाल सरकारले एकता दिवस मनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।