• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

माफ गर्नुहोस् है मेरा घरबेटीहरू

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस ३०, २०७८  ०७:०२
1140x725

‘आन्टी कोठा खाली छ?’

‘छ, छन त!  रुम मात्र चाहिएको हो कि फ्ल्याट हो?’ आन्टीभन्दा अघि कौशीमा उभिएका अंकलले जवाफ फर्काए।

‘माथि नै आउनुहोस् न,’ आन्टीले बोलाइन्। 

कौशीमा दुई जना घाम तापिरहेका थिए। शनिबार बिहान हुनाले सायद फुर्सदमा थिए।

इमाडोलस्थित गम्भीर विद्यालय नजिकै तीनतले घर छ। कोठा खोज्न निस्किएका हामी दाजुबहिनी सिँढी चढेर दोस्रो तला पुग्यौँ। एउटा कोठा खाली रैछ। कोठामा छिर्नेबित्तिकै घरबेटी आन्टीले सोधिन्, ‘नानीबाबु के थरी हो?’

उनको कुरा भुइँमा खस्न नपाउँदै घरबेटी अंकल बोले, ‘आजभोलि थर सोध्ने होइन, जेल पुगिन्छ।’

अंकल योभन्दा धेरै बोलेनन्। आफ्नो कोठातिर लागिहाले। हामी सबै गलल हास्यौँ मात्र। अनि एकछिन वातावरण सुनसान भयो। हामी कोही बोलेनौँ। 

हामीले थर बताएनौँ। तीन जना बस्ने जानकारी दियौँ। तर, आन्टीले एउटा कोठामा दुई जनाभन्दा बढी बस्नेगरी नदिने बताइन्। 

Ncell 2
Ncell 2

‘अझ विद्यार्थी मान्छे हल्लाखल्ला गर्छन्। साथी ल्याउँछन्। राति राति आउनेलाई गेट खुला राख्न सकिँदैन। केटा बसे भने त सफा पनि गर्दैनन्,’ उनले भाडामा बस्नेप्रति आरोपका खात राखेकी रहिछन्। हामीले उनलाई मनाउन सकेनौँ।

उनको बाट फर्किँदै गर्दै दुई वटा नाम रुपा सुनार र दीपा नेपालीलाई सम्झिरहेँ। यी घटना ‘घटना’ मात्र नभएर परिवर्तनका लागि एक–एक पाइलो रहेछन्। उनीहरूसँग चिनजान भएको भए धाप मारेर ‘धन्यवाद’ भन्न मन लाग्यो। रुपा सुनारको घटनाले त धेरै घरबेटीको दिमाग हल्लाएको रहेछ।

म शहर (काठमाडौँ) आएपछि एकदम धेरै सामना गरेको प्रश्न हो, ‘तिम्रो थर के हो?’

गाउँ हुँदा प्रायः दलित समुदायका साथीहरूले थर सोध्थे। म धेरै पछिसम्म जात र थरमा अलमल हुन्थेँ।

वास्तवमा मेरो थर लवार हो। मेरो बुवाको पुस्तासम्म हाम्रो थर लवार नै लेखिएको छ। उहाँको नागरिकता देखेको छु। तर, दाइहरूसम्म आइपुग्दा विश्वकर्मा लेखियो। अनि म पनि विश्वकर्मा भएँ।

लवार भनेको विश्वकर्मा अर्थात् कामी जात हो भन्ने थाहा पाउन मलाई लामै समय लाग्यो। गाउँमा ‘थाहा’ पाएँ, शहरले ‘महसुस’ गरायो।

यो शहरको कथा हो।

मैले २०७२ सालमा भूकम्प आएकै दिन, अर्थात् वैशाख १२ गते काठमाडौँ टेकेकी हुँ। कैलालीको अत्तरियाबाट अघिल्लो दिन बस चढेकी म भूकम्पले धर्ती काँपिरहँदा यात्रामै थिएँ। 

काठमाडौं आइपुग्दा हामी अलपत्र भयौँ। फोन चलिरहेको थिएन। जोसँग भेटिनुपर्ने हो, भेट भएन।

बरु सर्पलाल गिरी र धर्म रोकायासँग भेट भयो। दुवै जना मेरा अग्रज हुन्। धर्म रोकाया त मेरा गुरु पनि। उहाँहरूलाई देखेपछि अब अलपत्र परिँदैन भन्ने हिम्मत आयो। केही गफिएर बस्यौँ। हामी गफिँदा गफिँदै मेरो दाइ गगन आइपुग्यो। फोन नलागेपछि ऊ अनुमानको भरमा हामीलाई खोज्दै आएको रहेछ।

हामी चक्रपथ चल्ने बसमा कोटेश्वरतिर लाग्यौँ। अनि गगनको डेरा पेप्सीकोला पुग्यौँ। डेरा पुग्ने बेला गगनले भन्यो, ‘जात सही नभन्नू है। मैले बीसी भनेको छु। सोधे भनेँ बीसी अर्थात् बुढाक्षेत्री भन्नू।’ 

म छाँगाबाट खसेजस्तै भएँ। जातीय विभेद त पाइला–पाइलामा भोगेको हो। तर, कतै जात लुकाएको थिइनँ। काठमाडौँ पसेकै दिनदेखि यो समाजले जात लुकाउन बाध्य पारिसकेछ। 

दोलखाका घिमिरे थरका घरबेटी थिए। आन्टी साह्रै बुझ्ने। जातको मामिलामा उनीहरूको दृष्टिकोण मलाई थाहा थिएन।

गगनले मेरा सबै शैक्षिक प्रमाण-पत्र र परिचय-पत्र बक्सवाला खाटमा राखेर ताल्चा लगाइदियो। दाइले जात ढाँटिसकेकाले हामीले थप ढाँट्नु परेन।

तर, कतै प्याच्चै भनिहालियो भने के गर्ने? मनमा ठूलो डर थियो। मनमा बेलाबेला भुइँचालोभन्दा ठूलो कम्पन हुन्थ्यो। यो डर किन पनि भयो भने, भूकम्पको त्रास केही कम भएपछि म घरबेटीको छोरालाई ‘होम ट्युसन’ पढाउन थालेँ।

गोठाटार, काँडाघारी क्षेत्रमा मदन-आश्रित कलेज पढ्ने धेरै साथी बस्थे। दलितहरू प्रायः सबै जात ढाँटेर नै बस्थे। 

यता हाम्रो कोठामा गगन मात्र थिएन। ऊ बाजुराकै पाण्डुसैनको प्रेम रोकाया दाइ र साप्पाटाको निश्चल बुढासँग बस्थ्यो। त्यही भएर उ क्षेत्री नै भएको थियो। म त सामाजिक सन्जालमा थिइनँ। तर, गगन र अमरले त्यहाँ बसुन्जेल फेसबुकको आफ्नो ‘टाइमलाइन’मा थर लेखेनन्। अहिले घरबेटीको छोरा र हामी फेसबुकमा साथी छौँ। हाम्रो पूरै नाम र थर लेखिएको छ। उनीहरू के सोच्छन् मलाई थाहा छैन।

त्यहाँबाट हामी तिलगंगातिर डेरा सर्‍यौँ।

त्यहाँका घरबेटी देउला थरका (दलित नेवार) थिए। त्यसपछि कीर्तिपुरको चारधारा नजिकै बस्यौँ। त्यहाँका घरबेटी गोरखा आरुबारीका मगर थर थिए। सानेपामा चटपटे बेच्थे। दुई तीन महिनामा एक पटक मात्र रेखदेखमा आउँथे। 

पहिलो लकडाउन भएको तीन महिनापछि उनको व्यवसाय चौपट भयो। अनि घर सरेर बस्न थाले। उनलाई थर ढाँटनौँ। विश्वकर्मा नै बतायौँ। उनीहरु साईबाबाका अनुयायी थिए। घरबेटी अंकलले आन्टीलाई थर नभन्नू भने।

आन्टीलाई हाम्रो थरबारे खूब खुलदुली रहेछ। एक दिन सोधी त हालिन्। 

‘थर थाहा पाए फेरि हामीलाई कोठाबाट निकाल्ने होला नी, आन्टी!’ मैले मजाकजस्तो गरेर उनको मन जाँचेकी थिएँ। उनी जातपातमा कट्टर छिन् भन्ने मैले करिब बुझेको थिएँ। त्यसरी थर नभनेपछि त उनलाई झनै खुलदुल भएछ।

कीर्तिपुरबाट गएको वर्ष हामी बालकुमारी, इमाडोलमा डेरा सर्‍यौँ। अहिलेका घरबेटी थापाक्षेत्री हुन्।

भाडामा सहमति भएर कोठा सर्ने दिनसम्म पनि घरबेटीले थर सोधेकी थिइनन्। हामीले पनि आफैँ बताएनौँ। जब हाम्रा सामान कोठामा थन्कायौँ, घरबेटी आमाले आएर थर सोधिन्। मैले सत्य बताइदिएँ। अनि, उनले आफैँ स्पष्टीकरण दिइन्, ‘मधेसीजस्तो लागेर सोधेको।’

तर, न मेरो वर्ण त्यस्तो छ, न त लवज नै। म सुदूरपश्चिमको मान्छे, उतैको लवज छ।

घरबेटी आफैँले भनिन्, ‘तपाईंको छिमेक कोठामा बाहुन थरका मान्छे बस्छन्। बुढी आमा नि हुनुहुन्छ। उहाँहरूलाई थर नभन्नुस् है।’

म चुपचाप भएँ। तर, छिमेकमा भाडामा बस्नेले कहिल्यै थर सोधेनन्। किनकि, त्यहाँ बस्न थालेको एक दुई दिनमा नै त्यताकी दिदी र म फेसबुकमा साथी भयौँ। उनी कोइराला म विश्वकर्मा। ढाँट्ने कुरै भएन। 

हाम्री घरबेटी कांग्रेसको १४औं महाधिवेशनमा प्रतिनिधि थिइन्। राजनीतिक र सामाजिक क्रियाकलापमा सहभागी छिन्। तर, जातको मामिलामा ‘मगजको बिर्को’ पूरै खुलेको रहेनछ।

कानुनले जातीय छुवाछूत र विभेदलाई वर्जित गरेको छ। तर, हरेक दलितले पाइला–पाइलामा विभेद भोग्नुपर्छ। विभेद र छुवाछुत त दैनन्दिन नै भइसक्यो। प्रत्यक्षको प्रमाण र सत्यको सफाइ जरुरत हुँदैन।

विभेद र छुवाछुत गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने हो भने सिङ्गै गैरदलित समुदाय (तपाईं अधिकांश शब्द प्रयोग गर्नसक्नुहुन्छ) विरुद्ध जाहेरी दर्ता गर्नुपर्छ। यो झनै जटिल विषय हो। 

यो 'ओपन सिक्रेट' छ कि, अधिकांश घरबेटीले दलितलाई कोठा दिन मान्दैनन्। ती सबैको उपाय भनेको कानुनी कारबाही मात्र होइन। सोचमा नै परिवर्तन हुन जरुरी छ।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
सेयर बजार हरियाली हुँदा कारोबार रकम बढ्यो मंगलबार, कात्तिक ११, २०८२
जुम्ला र जोमसोममा तापक्रम १ डिग्रीसम्म झर्ने अनुमान मंगलबार, कात्तिक ११, २०८२
आगामी पुसमा बाघ गणना गरिने मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
बंगालको खाडीमा ‘मोन्था आँधी’ सक्रिय,नेपालमा कस्तो असर पर्छ ? मंगलबार, कात्तिक ११, २०८२
राष्ट्रिय सभाका सचिव अर्यालद्वारा राजीनामा मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्