• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

माफ गर्नुहोस् है मेरा घरबेटीहरू

64x64
धनु विश्वकर्मा शुक्रबार, पुस ३०, २०७८  ०७:०२
1140x725

‘आन्टी कोठा खाली छ?’

‘छ, छन त!  रुम मात्र चाहिएको हो कि फ्ल्याट हो?’ आन्टीभन्दा अघि कौशीमा उभिएका अंकलले जवाफ फर्काए।

‘माथि नै आउनुहोस् न,’ आन्टीले बोलाइन्। 

कौशीमा दुई जना घाम तापिरहेका थिए। शनिबार बिहान हुनाले सायद फुर्सदमा थिए।

इमाडोलस्थित गम्भीर विद्यालय नजिकै तीनतले घर छ। कोठा खोज्न निस्किएका हामी दाजुबहिनी सिँढी चढेर दोस्रो तला पुग्यौँ। एउटा कोठा खाली रैछ। कोठामा छिर्नेबित्तिकै घरबेटी आन्टीले सोधिन्, ‘नानीबाबु के थरी हो?’

उनको कुरा भुइँमा खस्न नपाउँदै घरबेटी अंकल बोले, ‘आजभोलि थर सोध्ने होइन, जेल पुगिन्छ।’

अंकल योभन्दा धेरै बोलेनन्। आफ्नो कोठातिर लागिहाले। हामी सबै गलल हास्यौँ मात्र। अनि एकछिन वातावरण सुनसान भयो। हामी कोही बोलेनौँ। 

हामीले थर बताएनौँ। तीन जना बस्ने जानकारी दियौँ। तर, आन्टीले एउटा कोठामा दुई जनाभन्दा बढी बस्नेगरी नदिने बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अझ विद्यार्थी मान्छे हल्लाखल्ला गर्छन्। साथी ल्याउँछन्। राति राति आउनेलाई गेट खुला राख्न सकिँदैन। केटा बसे भने त सफा पनि गर्दैनन्,’ उनले भाडामा बस्नेप्रति आरोपका खात राखेकी रहिछन्। हामीले उनलाई मनाउन सकेनौँ।

उनको बाट फर्किँदै गर्दै दुई वटा नाम रुपा सुनार र दीपा नेपालीलाई सम्झिरहेँ। यी घटना ‘घटना’ मात्र नभएर परिवर्तनका लागि एक–एक पाइलो रहेछन्। उनीहरूसँग चिनजान भएको भए धाप मारेर ‘धन्यवाद’ भन्न मन लाग्यो। रुपा सुनारको घटनाले त धेरै घरबेटीको दिमाग हल्लाएको रहेछ।

म शहर (काठमाडौँ) आएपछि एकदम धेरै सामना गरेको प्रश्न हो, ‘तिम्रो थर के हो?’

गाउँ हुँदा प्रायः दलित समुदायका साथीहरूले थर सोध्थे। म धेरै पछिसम्म जात र थरमा अलमल हुन्थेँ।

वास्तवमा मेरो थर लवार हो। मेरो बुवाको पुस्तासम्म हाम्रो थर लवार नै लेखिएको छ। उहाँको नागरिकता देखेको छु। तर, दाइहरूसम्म आइपुग्दा विश्वकर्मा लेखियो। अनि म पनि विश्वकर्मा भएँ।

लवार भनेको विश्वकर्मा अर्थात् कामी जात हो भन्ने थाहा पाउन मलाई लामै समय लाग्यो। गाउँमा ‘थाहा’ पाएँ, शहरले ‘महसुस’ गरायो।

यो शहरको कथा हो।

मैले २०७२ सालमा भूकम्प आएकै दिन, अर्थात् वैशाख १२ गते काठमाडौँ टेकेकी हुँ। कैलालीको अत्तरियाबाट अघिल्लो दिन बस चढेकी म भूकम्पले धर्ती काँपिरहँदा यात्रामै थिएँ। 

काठमाडौं आइपुग्दा हामी अलपत्र भयौँ। फोन चलिरहेको थिएन। जोसँग भेटिनुपर्ने हो, भेट भएन।

बरु सर्पलाल गिरी र धर्म रोकायासँग भेट भयो। दुवै जना मेरा अग्रज हुन्। धर्म रोकाया त मेरा गुरु पनि। उहाँहरूलाई देखेपछि अब अलपत्र परिँदैन भन्ने हिम्मत आयो। केही गफिएर बस्यौँ। हामी गफिँदा गफिँदै मेरो दाइ गगन आइपुग्यो। फोन नलागेपछि ऊ अनुमानको भरमा हामीलाई खोज्दै आएको रहेछ।

हामी चक्रपथ चल्ने बसमा कोटेश्वरतिर लाग्यौँ। अनि गगनको डेरा पेप्सीकोला पुग्यौँ। डेरा पुग्ने बेला गगनले भन्यो, ‘जात सही नभन्नू है। मैले बीसी भनेको छु। सोधे भनेँ बीसी अर्थात् बुढाक्षेत्री भन्नू।’ 

म छाँगाबाट खसेजस्तै भएँ। जातीय विभेद त पाइला–पाइलामा भोगेको हो। तर, कतै जात लुकाएको थिइनँ। काठमाडौँ पसेकै दिनदेखि यो समाजले जात लुकाउन बाध्य पारिसकेछ। 

दोलखाका घिमिरे थरका घरबेटी थिए। आन्टी साह्रै बुझ्ने। जातको मामिलामा उनीहरूको दृष्टिकोण मलाई थाहा थिएन।

गगनले मेरा सबै शैक्षिक प्रमाण-पत्र र परिचय-पत्र बक्सवाला खाटमा राखेर ताल्चा लगाइदियो। दाइले जात ढाँटिसकेकाले हामीले थप ढाँट्नु परेन।

तर, कतै प्याच्चै भनिहालियो भने के गर्ने? मनमा ठूलो डर थियो। मनमा बेलाबेला भुइँचालोभन्दा ठूलो कम्पन हुन्थ्यो। यो डर किन पनि भयो भने, भूकम्पको त्रास केही कम भएपछि म घरबेटीको छोरालाई ‘होम ट्युसन’ पढाउन थालेँ।

गोठाटार, काँडाघारी क्षेत्रमा मदन-आश्रित कलेज पढ्ने धेरै साथी बस्थे। दलितहरू प्रायः सबै जात ढाँटेर नै बस्थे। 

यता हाम्रो कोठामा गगन मात्र थिएन। ऊ बाजुराकै पाण्डुसैनको प्रेम रोकाया दाइ र साप्पाटाको निश्चल बुढासँग बस्थ्यो। त्यही भएर उ क्षेत्री नै भएको थियो। म त सामाजिक सन्जालमा थिइनँ। तर, गगन र अमरले त्यहाँ बसुन्जेल फेसबुकको आफ्नो ‘टाइमलाइन’मा थर लेखेनन्। अहिले घरबेटीको छोरा र हामी फेसबुकमा साथी छौँ। हाम्रो पूरै नाम र थर लेखिएको छ। उनीहरू के सोच्छन् मलाई थाहा छैन।

त्यहाँबाट हामी तिलगंगातिर डेरा सर्‍यौँ।

त्यहाँका घरबेटी देउला थरका (दलित नेवार) थिए। त्यसपछि कीर्तिपुरको चारधारा नजिकै बस्यौँ। त्यहाँका घरबेटी गोरखा आरुबारीका मगर थर थिए। सानेपामा चटपटे बेच्थे। दुई तीन महिनामा एक पटक मात्र रेखदेखमा आउँथे। 

पहिलो लकडाउन भएको तीन महिनापछि उनको व्यवसाय चौपट भयो। अनि घर सरेर बस्न थाले। उनलाई थर ढाँटनौँ। विश्वकर्मा नै बतायौँ। उनीहरु साईबाबाका अनुयायी थिए। घरबेटी अंकलले आन्टीलाई थर नभन्नू भने।

आन्टीलाई हाम्रो थरबारे खूब खुलदुली रहेछ। एक दिन सोधी त हालिन्। 

‘थर थाहा पाए फेरि हामीलाई कोठाबाट निकाल्ने होला नी, आन्टी!’ मैले मजाकजस्तो गरेर उनको मन जाँचेकी थिएँ। उनी जातपातमा कट्टर छिन् भन्ने मैले करिब बुझेको थिएँ। त्यसरी थर नभनेपछि त उनलाई झनै खुलदुल भएछ।

कीर्तिपुरबाट गएको वर्ष हामी बालकुमारी, इमाडोलमा डेरा सर्‍यौँ। अहिलेका घरबेटी थापाक्षेत्री हुन्।

भाडामा सहमति भएर कोठा सर्ने दिनसम्म पनि घरबेटीले थर सोधेकी थिइनन्। हामीले पनि आफैँ बताएनौँ। जब हाम्रा सामान कोठामा थन्कायौँ, घरबेटी आमाले आएर थर सोधिन्। मैले सत्य बताइदिएँ। अनि, उनले आफैँ स्पष्टीकरण दिइन्, ‘मधेसीजस्तो लागेर सोधेको।’

तर, न मेरो वर्ण त्यस्तो छ, न त लवज नै। म सुदूरपश्चिमको मान्छे, उतैको लवज छ।

घरबेटी आफैँले भनिन्, ‘तपाईंको छिमेक कोठामा बाहुन थरका मान्छे बस्छन्। बुढी आमा नि हुनुहुन्छ। उहाँहरूलाई थर नभन्नुस् है।’

म चुपचाप भएँ। तर, छिमेकमा भाडामा बस्नेले कहिल्यै थर सोधेनन्। किनकि, त्यहाँ बस्न थालेको एक दुई दिनमा नै त्यताकी दिदी र म फेसबुकमा साथी भयौँ। उनी कोइराला म विश्वकर्मा। ढाँट्ने कुरै भएन। 

हाम्री घरबेटी कांग्रेसको १४औं महाधिवेशनमा प्रतिनिधि थिइन्। राजनीतिक र सामाजिक क्रियाकलापमा सहभागी छिन्। तर, जातको मामिलामा ‘मगजको बिर्को’ पूरै खुलेको रहेनछ।

कानुनले जातीय छुवाछूत र विभेदलाई वर्जित गरेको छ। तर, हरेक दलितले पाइला–पाइलामा विभेद भोग्नुपर्छ। विभेद र छुवाछुत त दैनन्दिन नै भइसक्यो। प्रत्यक्षको प्रमाण र सत्यको सफाइ जरुरत हुँदैन।

विभेद र छुवाछुत गर्ने सबैलाई कानुनी कठघरामा उभ्याउने हो भने सिङ्गै गैरदलित समुदाय (तपाईं अधिकांश शब्द प्रयोग गर्नसक्नुहुन्छ) विरुद्ध जाहेरी दर्ता गर्नुपर्छ। यो झनै जटिल विषय हो। 

यो 'ओपन सिक्रेट' छ कि, अधिकांश घरबेटीले दलितलाई कोठा दिन मान्दैनन्। ती सबैको उपाय भनेको कानुनी कारबाही मात्र होइन। सोचमा नै परिवर्तन हुन जरुरी छ।

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक शनिबार, असोज ३, २०८३
महाधिवेशनअघि देउवा पक्षलाई समेट्ने गगनको अन्तिम प्रयास, भने– ‘१६ गते बिहानसम्म प्रयास गर्छु’ शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्