काठमाडौं– सुरज पाण्डेको निर्देशनमा ‘परस्त्री’ फिल्मको घोषणा भएको छ। २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘लभ लभ लभ’मार्फत फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘परस्त्री’मार्फत निर्देशनमा डेभ्यु गर्न लागेका हुन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाण्डेको फिल्मको घोषणा गरिएको हो। घर, आमा, चिसो मान्छेजस्ता फिल्म निर्माण गरेकी शर्मिला पाण्डको लगानी तथा डिएस डिजिटलको ब्यानरमा फिल्म बन्न लागेको हो। निर्देशक पाण्डेका अनुसार फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन गर्ने योजना रहेको छ।
फिल्ममा कोशिश क्षेत्री मुख्य अभिनेताको रुपमा देखिनेछन्। डार्क थ्रिलर विधामा रहेको यो फिल्मका लागि अन्य कलाकारहरु अडिसनबाट छानिने बताइएको छ। कलाकार छनोटका लागि अडिसनको आह्वानसमेत गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।