• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

धार्मिक समानताको रङ कालो र सेतो!

64x64
युवराज भट्टराई शनिबार, पुस २४, २०७८  ११:०४
1140x725

काठमाडौं– मानिलिनुस, तपाईंको सामुन्ने लाखौं रङहरूको कुरा भइरहेको छ। तर, तपाईंले देख्ने दृश्यमा रङ नै देखिँदैन। दृश्यहरू सादा रङमा छन्। तर, तपाईंले सुनिरहेको अभिव्यक्तिमा फरक रङहरूको फरक विशेषताको व्याख्या भइरहेको छ।

फरक रङहरू फरक धर्म, विचार र नश्लका रङ हुन्। तर, सादा दृश्यमा सबै समान देखिन्छन्।

भारतीय निर्देशक पद्यकुमार नरसिम्हमुर्तीको सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म ‘अ बिलियन कलर स्टोरी’मा यिनै विषय प्रस्तुत गरिएको छ। निर्देशक मुर्तीले एउटा बालसुलभ आँखाबाट समाजमा भएको विभेद र भेदभावविरुद्ध रङको माध्यमबाट आवाज उठाएका छन्। धार्मिक साहिष्णुताको पक्षमा मुर्तीले गरेको वकालत सिनेमाको ‘ब्ल्याक एण्ड वाइट’ रङमा प्रस्तुत भएको छ।

सिनेमाको मूल पात्र हरि हजिज (निर्देशक पद्यकुमार नरसिम्हमुर्तीका छोरा ध्रुव पद्यकुमार अभिनित) मुस्लिम बुबा र हिन्दू आमाको एक मात्र सन्तान हुन्। उनका बुबा इमरान अजिज (गौरव शर्मा अभिनित) र आमा पार्वती अजिज (भासुकी) फिल्म क्षेत्रमा संघर्ष गरिरहेका छन्। अष्ट्रलियाबाट पढेर आएका उनीहरू भारतलाई रङ नै रङले सम्पन्न देशहरूको रुपमा हेर्छन्। संसारमा कतै पनि नमनाइने चाड होलीदेखि थरिथरिका मिष्ठान्नमा हुने रङसम्मका विषयमार्फत उनीहरू सहिष्णुताको कुरा गर्छन्। यसबीच एक मुस्लिम पुरुष र हिन्दू महिलाबीचको विवाहमार्फत पनि उनीहरूको विचार दृश्यमा देखाइएको छ।

इमरान र पार्वती आशावादी सोचका छन्। उनीहरू मान्छेबीचको समानतालाई महत्व दिन्छन्। सबैभन्दा ठूलो धर्म उनीहरूका लागि मानवता हो। कुनै देशमा फैलिरहेको दंगा होस् वा आफ्नै देशमा कुनै धार्मिक अल्पसंख्यकमाथि भएको अन्याय, त्यसलाई लिएर उनीहरू दुःखी हुन्छन्। फिल्मको दृश्यमा जस्तै उनीहरू समाज समान होस् भन्ने चाहन्छन्। यही समानता उनीहरू आफ्नो फिल्ममा पनि देखाउने सोच लिएर हिँडेका हुन्छन्।

हरि बुबा र आमाको समानताको सोचबीच हुर्किएका छन्। तर, समाज त्यस्तो छैन। फिल्म क्षेत्रमा संघर्ष गरिरहेका उनीहरूले संघर्षका थुप्रै सिँढी उक्लिनु छ। आफूले चुनेको क्षेत्रमा केही गर्ने सोच र आफ्नो काममार्फत समाजको समानताको अवस्थालाई चित्रण गर्ने ध्येयले उनीहरू घर बेच्नेदेखि छोरालाई स्कुलबाट छुटाएर घरमै पढाउने सम्मको अवस्थामा पुग्छन्।

तर, सामाजिक मान्यता उनीहरूको सोचअनुसारको छैन। इमरान मुस्लिम भएकै कारण हिन्दू समुदायमा बहालमा बस्न पाउँदैन। मुस्लिम समुदायमा पाएको बहालको घरमा बस्दै गर्दा फेरि श्रीमती पार्वतीले लगाउने पोशाकदेखि उनीहरूको रहनसहनको विषय बाधक बन्छ। उनीहरू समाज तलाउजस्तो होस् भन्ने चाहन्छन्। शान्त, समान, स्थिर र भेदभावविहीन। तर, समाज पहाडबाट बहिरहेको नदिजस्तो बनिदिन्छ। अनेकौं पत्थरहरूबीचको संघर्षपूर्ण यात्रासँगै असमान सतहजस्तो। हिन्दू र मुस्लिमबीचको भेदभावले उनीहरूलाई घर न घाटको बनाउन पुग्छ।

अवस्था नाजुक बन्दै जान्छ। समाज झनझन् विभेदपूर्ण बन्छ। यसबीच इमरान र पार्वती एउटा यस्तो फिल्म बनाउने सोचमा पुग्छन्, जसले समानताको वकालत गरोस्। समाजमा बढ्दै गएको धार्मिक द्वन्द्व र असहिष्णुताबीच उनीहरू भारतीय इतिहासको एउटा कालखण्डको कथा भनेर समानताको तस्बिर सबै सामुन्ने झल्काउन खोज्छन्। तर, यो प्रयासले दुईको जीवनबाट सबैभन्दा प्रिय हरिलाई छुटाइदिन्छ। धार्मिक विषयमा फिल्म बनाउने सोच लिएर हिँडेका उनीहरू धार्मिक अतिवादीहरूकै शिकार बन्छन्। जसको परिणाम आफ्नो छोराको ज्यान गुमाउनु हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

भाषा र रङले देखाएको समानता
फिल्मको नाम छ, ‘अ बिलियन कलर स्टोरी’ अर्थात करोडौं रङहरूको कथा। निर्देशक मुर्तीको यो डेब्यु फिल्म हो। फिल्मको नाममा रङहरूको कुरा गरे पनि फिल्मको उत्तरार्ध पुग्नुअघि कतै पनि रङको प्रयोग भएको छैन। सादा अर्थात् ब्ल्याक एण्ड ह्वाइटमा फिल्म खिचिएको छ।

फिल्ममा समाजमा भएका विभिन्न धर्मलाई रङहरूसँग जोडिएको छ। एउटा बालसुलभ आँखाका लागि ती रङहरूले धेरै महत्व राख्दैनन्। ऊ एक मुस्लिम बुबा र हिन्दू आमाको सन्तान हुन्छ। परिवारका अन्य आफन्त, समाज, साथीभाइलगायतले समाजमा स्थापित धार्मिक मान्यताको आधारमा व्यवहार गरे पनि ऊ भने सबैतर्फ समान रुपले हेरिरहन्छ।

‘मेरो बुबा मुस्लिम हो, आमा हिन्दू हुन् र हामी क्रिसमस मनाउँछौं’ फिल्मको एक भागमा हरिले बोलेको संवादमा भनिएको छ।

‘अ बिलियन कलर स्टोरी’को अधिकांश भागमा प्रयोग भएका दुई रङ, कालो र सेतोलाई समाजको चित्रण गर्ने बिम्ब बनाइएको छ। यी रङ समानताको अर्थमा प्रयोग भएका छन्। तर, मान्छेहरूको विचार परिवर्तनका लागि गर्नुपर्ने संघर्षको कथा बेग्लै छ।

हरिको दृष्टिकोणमा संसार ब्ल्याक एण्ड ह्वाइट छ। किनकी ऊ ठूलाले जस्तो अनेक कुरासँग रङहरू जोडेर हेर्दैन। उसले समाजमा जकडिएको मूल्य र मान्यताको आधारमा रङहरूलाई समाजमा विविध पक्षसँग जोडेर हेर्न सिकेको छैन।

हरिको दृष्टिकोणमा संसार ब्ल्याक एण्ड ह्वाइट छ। किनकी ऊ ठूलाले जस्तो अनेक कुरासँग रङहरू जोडेर हेर्दैन। उसले समाजमा जकडिएको मूल्य र मान्यताको आधारमा रङहरूलाई समाजमा विविध पक्षसँग जोडेर हेर्न सिकेको छैन।

फिल्मको उत्तरार्धमा जब बुबाको बुई चढ्न खोजिरहेको हुन्छ, उनीमाथि गोली प्रहार हुन्छ। त्यसपछि मात्रै फिल्ममा अन्य रङ देखाइन्छ। एउटा अबोध बालकको अनाहकमा भएको मृत्युले समाजमा बनेको धार्मिक असहिष्णुताले फिल्ममा रङहरू छरिदिन्छ। जबसम्म हरि जीवित थियो, तबसम्म उसको प्रयास र उसको सोच समानताकै पक्षमा थियो। तर, उसको मृत्युसँगै त्यो सोच र प्रयास केवल ‘सोच’ र ‘प्रयास’मा मात्रै सीमित हुन्छ। समाजको अन्धकार झन् व्याप्त हुन्छ।

ब्ल्याक एण्ड ह्वाइट रङजस्तै फिल्ममा प्रयोग गरिएको भाषाले पनि समानताको वकालत गरेको छ। सिनेमामा सबै जसो ठाउँमा अंग्रेजी भाषाको प्रयोग भएको छ। अमेरिकाबाट पढेर फर्किएका इमरान र पार्वती मात्रै नभएर उनीहरूका साथीभाइदेखि आफन्तसम्म अंग्रेजीमै संवाद गर्छन्। केही ठाउँमा मात्रै हिन्दीको प्रयोग गरिएको छ।

सुन्दै र गर्दै आएका अनेक तर्क छाडिदिने हो भने अंंग्रेजी भाषामा हरेकलाई समान रुपमा सम्बोधन गरिन्छ। सिनेमामा निर्देशक मुर्तीले भाषाको छनोटमार्फत पनि समानताको वकालत गर्न खोजेका छन्।

एउटा मानिस कुनै पनि राष्ट्र, धर्म, संकृति र वर्णजस्ता कुरामा जाडिनुअघि एउटा मानिसको रुपमा हुन्छ भन्ने सरल धारणालाई फिल्ममा प्रस्तुत गरिएको छ। विविधताबीच साहिष्णुताको खोजीमा फिल्म घुमेको छ। मान्छे र मान्छेबीच विभाजनको चेतना ल्याउने धर्म, नश्ल, जात, वर्गजस्ता कुराले दमन र अन्यायको मात्रै प्रोत्साहन गरिरहन्छन्। असहिष्णुता र पूर्वाग्रहले नित्याउने विकराल अवस्थालाई फिल्मले चित्रण गरेको छ।

फिल्मको मूल पात्र हरि सिनेमाको सुरुवातमै आफूलाई ‘हरियो र केसर’ रङको संयोजनको रूप भएको बताउँछ। कारण, उनका बुबा दुई जातका हुन्छन्। यद्यपि, साम्प्रादायिक र धार्मिक विभेदका बीच समानताको पक्ष र प्रतीकको रुपमा रहेको हरिको अस्तित्वलाई त्यही विभेदले निमिट्यान्न पार्छ। जसले समाजलाई समानताभन्दा पनि असहिष्णुता र विभेदमै अघि बढिरहेको र मान्छेहरू अन्धकारतर्फ नै फर्किरहेको देखाएको छ।

प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ११:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
पेट्रोलियम बिक्रीमा १५ दिनमा ७ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी घाटा भएको आयल निगमको दाबी सोमबार, चैत ३०, २०८२
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन सोमबार, चैत ३०, २०८२
सभामुख अर्यालद्वारा तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न निर्देशन सोमबार, चैत ३०, २०८२
यस्तो छ नयाँवर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहको सन्देशको पूर्णपाठ सोमबार, चैत ३०, २०८२
परराष्ट्र मन्त्री खनाल स्वदेश फिर्ता सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्