• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आवश्यकता फराकिलो सडक कि अनुशासनको?

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  १४:२२
1140x725

सबैको अनुहारमा चिन्ताको धर्को स्पष्ट देखिन्थ्यो। छेउमा रहेको स्लाइड गरेर खोल्न मिल्ने सेतो ढोकाबाट 'घ्यार्र' आवाज आउँदा सबैको टाउको उतै फर्किन्थे। त्यहाँबाट एक नर्सले टाउको थोरै बाहिर निकालेर 'फलानाको मान्छे को हुनुहुन्छ?' भन्ने प्रश्न गर्नासाथ सबै चनाखो हुन्थे। त्यही समूहमा घरिघरि ढोकातिर फर्किने टाउको र उत्सुक कान भएको व्यक्ति म पनि थिएँ। 

अस्पतालको पोस्ट अपरेसन वार्ड र आइसियूबाहिर बसिरहेका सबैको लगभग एउटै पीडा थियो। केही छिन् अघिको मौनतालाई चिर्दै गफ सुरु भयो। प्रश्न एउटै थियो, 'तपाईंको बिरामीलाई के भएको?' यो प्रश्नको जवाफ लगभग एउटै आयो। त्यहाँ अधिकांश कुरुवा दुर्घटनामा परेका चालकका आफन्त थिए। फरक यति थियो कि, कोही आफू तीव्र गतिमा सवारी साधन चलाएर घाइते बनेका थिए भने कोही तीव्र गतिमा आएकाहरुको ठक्करबाट घाइते भएका थिए। 

भक्तपुरको चर्चित हाइवे नजिकैको हस्पिटलको बिरामी कुरुवा कक्षमा बसेर गफिइरहेका प्रायःका आफन्त त्यही सडकमा दुर्घटनामा परेका थिए। सबैको हाइवेसँग गुनासो थियो। छेउछाउमै घर भएका केही व्यक्तिले त आफूले देखेका निकै नराम्रा दुर्घटना सम्झन थाले। केही सुन्न सकिने थिए, केही मन चिसो हुने खालका। 

केही समयअघि कुनै अनलाइनमै राजधानीमा बनिरहेका ठूला सडकले निम्त्याउन सक्ने दुर्घटनाबारे लेखिएको एउटा लेखको सम्झना आयो। त्यो लेखको आशय थियो, 'सडक त ठूलो बने, गाडी धेरै अट्ने भए र चाँडै गुड्ने नि भए, तर के हाम्रा सडक सुरक्षित छन् त?' अस्पतालमा सडक दुर्घटनाका घाइतेलाई निन्याउरो अनुहार लाएर कुरिरहेकाहरुका कुरा सुन्दा र दुर्घटनाका प्रकृति बुझ्दा लाग्थ्यो, 'हो सडक त सुरक्षित छैनन्।'

केही दिनयता हस्पिटल आउने-जाने रुटिनले त्यो बाटो निरन्तर राति हिँड्नु परेको थियो। भक्तपुरको बाटोमा मोटरसाइकल लिएर राति यात्रा गर्नु सातो जाने कुरा रहेछ। दुईवटा दुर्घटना यहीबीचमा देखियो। एउटा, तीव्र गतिमा मोटरसाइकल आएर गाडीमा ठोक्किएर भएको थियो भने आर्को चाहिँ सडकको बीचमा गाईको बाछो आइपुग्दा गति घटाउन नसकेर भएको थियो। भक्तपुरको बाटोमा राति प्रायः मोटरसाइकल र गाडी गुड्ने होइन, उड्ने रहेछन्। त्यसमाथि प्रायः बाइक 'हाइ विम'मा चलाइरहेका र जथाभावीको ओभरटेक। 

बाटो छेउछाउ केही ठाउँ 'गति सीमित, ६० किमि प्रतिघन्टा' त लेखिएका छन्। तर, खाली सडकमा गाडी कुदाउँदा ती सानो अक्षर कसले पढ्न भ्याउने। फेरि, ६० किलोमिटरभन्दा ज्यादा स्पिडमा गुडेका बाइक र गाडीका चालकले ती अक्षर देख्ने कुरा पनि भएन। तिनलाई रोक्ने पनि कसले? लेन अनुशासन र मापसेमा कडाइ गरेजस्तो थोरै कडाइ गाडीको गतिमा गरिदिएदेखि केही दुर्घटना कम हुने थिए कि? 

हुन त मापसेमा जस्तो रोकेर 'के छ, कहाँ पुगेर आउनुभो, मापसे गर्नुभाछ?' भनी सोधेर नहुने विषय हो यो। तर, टेक्नोलोजी र उपकरणमा निकै विकाश भएको यो समयमा उपाय भेट्न गाह्रो पनि त नहोला? बिरामीका आफन्तबीच चलिरहेको गफसँगै आफूभित्रको मनोवाद पनि ६० भन्दा माथिकै स्पिडमा दौडिरहेको थियो। आफ्नो मान्छे अरुका कारणले दुर्घटनामा परेको चिन्ताले मनमा प्रश्नैप्रश्नका सवारी साधन गुडेका गुड्यै थिए। तिनको गन्तव्य अर्थात् जवाफ मिलिरहेको थिएन।

'राजधानी लगायत देशका विभिन्न सहरमा सडक विस्तारको लहर चलिरहँदा, हामीजस्ता ढोका बाहिर नर्सको आवाजको पर्खाइमा बस्नेको संख्या पनि बढे भने!' बुटवल, धनगढी जस्तै देशका अरु सहरमा बन्दै गरेका ठूला सडक र हालै बनिरहेको काठमाडौं रिङरोडलाई सम्झिएँ।

Ncell 2
Ncell 2
nimb
nimb

साँच्चि फराकिलो भएका सडक सुरक्षित भएनन्, चालक अनुशासित भएनन् भने त पोस्ट अपरेसन वार्ड र आइसियूबाहिर खुट्टा टेक्ने ठाउँ पाइएला र? आखिर हामीलाई चाहिएको फराकिलो सडक मात्रै हो कि अनुशासन पनि हो? सडक बढाएर अनुशासन कायम गराउने कि चालकहरुलाई अनुशासित बनाएर सडक फैल्याउने?

ऐतिहासिकता बोकेको काठमाडौंका कुनाकानीका सडक भएका मठमन्दिरसमेत भत्काएर बिस्तार भएका छन्, केही हुँदैछन्। राजधानीबाहिर पनि ठूला-ठूला बाटा बनिरहेका छन्।

तर, के हामी त्यही अनुसार सडक सुरक्षित बनाउने उपायको खोजी र प्रयोग गरिरहेका छौं त? भक्तपुरकै ठूलो सडकको उदाहरण लिँदा, दिउँसो जामले हैरान बनाउँछ भने राति बत्तिएर कुद्ने गाडी र बाइकले त्राहीत्राही बनाउँछन्। यसले के संकेत गर्छ भने, सहर र बाटोको क्षमताभन्दा बढी सवारी साधन थुप्रिएका थुप्रियै पनि छन् र सडकमा अराजकता मौलाउँदै पनि गएको छ। 

कोही अरुको गल्तीका कारण किन बरबाद होस्? सडकमा कसैको मनपरीका कारण अरु कसैले किन दुःख पाउनू? दुर्घटना हुँदै नहुने होइन, हुन्छ। तर किन हुन्छ, के कारणले हुन्छ, किन न्यूनीकरण भएन भनेर कसले सोचिदिने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थोरै संख्यामा रहेका ट्राफिक प्रहरीको समय लगभग दिउँसोभरि जाम खुलाउन धुलोधुँवामा सिठी फुक्दै, हात हल्लाउँदै र राति मोटरसाइकललाई मापसे चेक गर्दैमा बितेको छ। सडक सुरक्षाका लागि यही परम्परागत शैली मात्रै पच्छ्याइरहने हो भने कतै हामीले सुविधाका लागि बनाएका ठूला सडक हाम्रै लागि घातक त हुने होइनन्? अनि फराकिलो बाटो भेट्नासाथ 'एक्सलेटर'को कान चुँट्टिनेगरी निमोठेर चालकहरु कहाँ पुग्ने? गन्तव्यमा, कि पृथ्वी बाहिर?

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्