• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आवश्यकता फराकिलो सडक कि अनुशासनको?

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०७५  १४:२२
1140x725

सबैको अनुहारमा चिन्ताको धर्को स्पष्ट देखिन्थ्यो। छेउमा रहेको स्लाइड गरेर खोल्न मिल्ने सेतो ढोकाबाट 'घ्यार्र' आवाज आउँदा सबैको टाउको उतै फर्किन्थे। त्यहाँबाट एक नर्सले टाउको थोरै बाहिर निकालेर 'फलानाको मान्छे को हुनुहुन्छ?' भन्ने प्रश्न गर्नासाथ सबै चनाखो हुन्थे। त्यही समूहमा घरिघरि ढोकातिर फर्किने टाउको र उत्सुक कान भएको व्यक्ति म पनि थिएँ। 

अस्पतालको पोस्ट अपरेसन वार्ड र आइसियूबाहिर बसिरहेका सबैको लगभग एउटै पीडा थियो। केही छिन् अघिको मौनतालाई चिर्दै गफ सुरु भयो। प्रश्न एउटै थियो, 'तपाईंको बिरामीलाई के भएको?' यो प्रश्नको जवाफ लगभग एउटै आयो। त्यहाँ अधिकांश कुरुवा दुर्घटनामा परेका चालकका आफन्त थिए। फरक यति थियो कि, कोही आफू तीव्र गतिमा सवारी साधन चलाएर घाइते बनेका थिए भने कोही तीव्र गतिमा आएकाहरुको ठक्करबाट घाइते भएका थिए। 

भक्तपुरको चर्चित हाइवे नजिकैको हस्पिटलको बिरामी कुरुवा कक्षमा बसेर गफिइरहेका प्रायःका आफन्त त्यही सडकमा दुर्घटनामा परेका थिए। सबैको हाइवेसँग गुनासो थियो। छेउछाउमै घर भएका केही व्यक्तिले त आफूले देखेका निकै नराम्रा दुर्घटना सम्झन थाले। केही सुन्न सकिने थिए, केही मन चिसो हुने खालका। 

केही समयअघि कुनै अनलाइनमै राजधानीमा बनिरहेका ठूला सडकले निम्त्याउन सक्ने दुर्घटनाबारे लेखिएको एउटा लेखको सम्झना आयो। त्यो लेखको आशय थियो, 'सडक त ठूलो बने, गाडी धेरै अट्ने भए र चाँडै गुड्ने नि भए, तर के हाम्रा सडक सुरक्षित छन् त?' अस्पतालमा सडक दुर्घटनाका घाइतेलाई निन्याउरो अनुहार लाएर कुरिरहेकाहरुका कुरा सुन्दा र दुर्घटनाका प्रकृति बुझ्दा लाग्थ्यो, 'हो सडक त सुरक्षित छैनन्।'

केही दिनयता हस्पिटल आउने-जाने रुटिनले त्यो बाटो निरन्तर राति हिँड्नु परेको थियो। भक्तपुरको बाटोमा मोटरसाइकल लिएर राति यात्रा गर्नु सातो जाने कुरा रहेछ। दुईवटा दुर्घटना यहीबीचमा देखियो। एउटा, तीव्र गतिमा मोटरसाइकल आएर गाडीमा ठोक्किएर भएको थियो भने आर्को चाहिँ सडकको बीचमा गाईको बाछो आइपुग्दा गति घटाउन नसकेर भएको थियो। भक्तपुरको बाटोमा राति प्रायः मोटरसाइकल र गाडी गुड्ने होइन, उड्ने रहेछन्। त्यसमाथि प्रायः बाइक 'हाइ विम'मा चलाइरहेका र जथाभावीको ओभरटेक। 

बाटो छेउछाउ केही ठाउँ 'गति सीमित, ६० किमि प्रतिघन्टा' त लेखिएका छन्। तर, खाली सडकमा गाडी कुदाउँदा ती सानो अक्षर कसले पढ्न भ्याउने। फेरि, ६० किलोमिटरभन्दा ज्यादा स्पिडमा गुडेका बाइक र गाडीका चालकले ती अक्षर देख्ने कुरा पनि भएन। तिनलाई रोक्ने पनि कसले? लेन अनुशासन र मापसेमा कडाइ गरेजस्तो थोरै कडाइ गाडीको गतिमा गरिदिएदेखि केही दुर्घटना कम हुने थिए कि? 

हुन त मापसेमा जस्तो रोकेर 'के छ, कहाँ पुगेर आउनुभो, मापसे गर्नुभाछ?' भनी सोधेर नहुने विषय हो यो। तर, टेक्नोलोजी र उपकरणमा निकै विकाश भएको यो समयमा उपाय भेट्न गाह्रो पनि त नहोला? बिरामीका आफन्तबीच चलिरहेको गफसँगै आफूभित्रको मनोवाद पनि ६० भन्दा माथिकै स्पिडमा दौडिरहेको थियो। आफ्नो मान्छे अरुका कारणले दुर्घटनामा परेको चिन्ताले मनमा प्रश्नैप्रश्नका सवारी साधन गुडेका गुड्यै थिए। तिनको गन्तव्य अर्थात् जवाफ मिलिरहेको थिएन।

'राजधानी लगायत देशका विभिन्न सहरमा सडक विस्तारको लहर चलिरहँदा, हामीजस्ता ढोका बाहिर नर्सको आवाजको पर्खाइमा बस्नेको संख्या पनि बढे भने!' बुटवल, धनगढी जस्तै देशका अरु सहरमा बन्दै गरेका ठूला सडक र हालै बनिरहेको काठमाडौं रिङरोडलाई सम्झिएँ।

Ncell 2
Ncell 2
nimb
nimb

साँच्चि फराकिलो भएका सडक सुरक्षित भएनन्, चालक अनुशासित भएनन् भने त पोस्ट अपरेसन वार्ड र आइसियूबाहिर खुट्टा टेक्ने ठाउँ पाइएला र? आखिर हामीलाई चाहिएको फराकिलो सडक मात्रै हो कि अनुशासन पनि हो? सडक बढाएर अनुशासन कायम गराउने कि चालकहरुलाई अनुशासित बनाएर सडक फैल्याउने?

ऐतिहासिकता बोकेको काठमाडौंका कुनाकानीका सडक भएका मठमन्दिरसमेत भत्काएर बिस्तार भएका छन्, केही हुँदैछन्। राजधानीबाहिर पनि ठूला-ठूला बाटा बनिरहेका छन्।

तर, के हामी त्यही अनुसार सडक सुरक्षित बनाउने उपायको खोजी र प्रयोग गरिरहेका छौं त? भक्तपुरकै ठूलो सडकको उदाहरण लिँदा, दिउँसो जामले हैरान बनाउँछ भने राति बत्तिएर कुद्ने गाडी र बाइकले त्राहीत्राही बनाउँछन्। यसले के संकेत गर्छ भने, सहर र बाटोको क्षमताभन्दा बढी सवारी साधन थुप्रिएका थुप्रियै पनि छन् र सडकमा अराजकता मौलाउँदै पनि गएको छ। 

कोही अरुको गल्तीका कारण किन बरबाद होस्? सडकमा कसैको मनपरीका कारण अरु कसैले किन दुःख पाउनू? दुर्घटना हुँदै नहुने होइन, हुन्छ। तर किन हुन्छ, के कारणले हुन्छ, किन न्यूनीकरण भएन भनेर कसले सोचिदिने।

Xtrem

Xtrem

थोरै संख्यामा रहेका ट्राफिक प्रहरीको समय लगभग दिउँसोभरि जाम खुलाउन धुलोधुँवामा सिठी फुक्दै, हात हल्लाउँदै र राति मोटरसाइकललाई मापसे चेक गर्दैमा बितेको छ। सडक सुरक्षाका लागि यही परम्परागत शैली मात्रै पच्छ्याइरहने हो भने कतै हामीले सुविधाका लागि बनाएका ठूला सडक हाम्रै लागि घातक त हुने होइनन्? अनि फराकिलो बाटो भेट्नासाथ 'एक्सलेटर'को कान चुँट्टिनेगरी निमोठेर चालकहरु कहाँ पुग्ने? गन्तव्यमा, कि पृथ्वी बाहिर?

प्रकाशित मिति: सोमबार, असार ११, २०७५  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
सम्बन्धित सामग्री
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार ६:०० बजेसम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रम... शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण शुक्रबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्