• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

हामीले धेरै पटक राम्रा कुरा भन्यौं, तर व्यवहारमा लागू भएनन् : राम कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, पुस २२, २०७८  २०:०१
1140x725
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन आठ दिनसम्म चलेर सकियो। प्रज्ञा भवनमा आयोजित महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुमाथि बहस र छलफल भए पनि केन्द्रीय समितिले पूर्णता भने पाउन सकेन। पुष्पकमल दाहाल 'प्रचण्ड'ले वाचन गरेको अपूर्ण केन्द्रीय समिति अनुमोदन भयो। अध्यक्षबाहेकका अन्य पदाधिकारी भने अझै अन्योलकै विषय छ। महाधिवेशनमा उठेका सवाल, त्यसलाई नेतृत्वले गर्ने सम्बोधन र माओवादीले लिने आगामी गन्तव्यका विषयमा माओवादी केन्द्रका नेता राम कार्कीसँग नेपाल लाइभले गरेको कुराकानीः

माओवादी केन्द्रको महाधिवेशन भर्खरै सकिएको छ। तपाईंको समीक्षा कस्तो छ?
नेपालको राजनीतिक वृत्तमा धेरै समयदेखि बहस र छलफल चलिरहेको थिएन। खासगरी एमाले र माओवादी केन्द्र एक भएपछि पार्टी जीवन कोमामा पुग्यो। सर्वोच्च अदालतले ती पार्टीलाई ब्युँताइदिएपछि हामीले गतिविधि बढायौँ। त्यस हिसाबमा माओवादीमा धेरै गति आएको मान्न सकिन्छ। महाधिवेशनमा देशैभरका नेता तथा कार्यकर्ता जम्मा भएर राजनीतिक प्रतिवेदनमाथि बहस र छलफल गर्‍यौँ। आज जसरी कम्युनिस्ट आन्दोलन संकटमा छ, दिशाहीन अवस्थामा छ, त्यस हिसाबमा हेर्दा हाम्रा बहसमा अझै अपूर्णता र कमीहरु छन्। तर, अध्यक्ष प्रचण्डले फेरि विशेष महाधिवेशन गरेर वैचारिक बहस गर्ने भन्नुभएको छ। त्यहाँ विचारलाई केन्द्रमा राखेर बहस र छलफल गर्ने भनिएको छ।

अध्यक्षले आफ्नो राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिँदा हामीले व्यक्त गरेका विचारहरुलाई कति स्थान दिनुहुन्छ? प्रतीक्षाको विषय छ। मैले संक्षिप्तमा भए पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिसँगै अब जाने बाटो कुन हो भन्ने विषय उठाएँ। शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षाका विषय उठाएँ। त्यसलाई पार्टीले कसरी लिन्छ? अहिले कमसेकम माओवादीले जितेका स्थानीय तहहरुमा शिक्षा र स्वास्थ्यमा १० प्रतिशत बजेट छुट्याएर लागू गर्न सकिन्छ भन्ने कुरा मैले उठाएको छु। यस्तै संघमा पनि शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा कूल बजेटको २० प्रतिशत रकम विनियोजन गरेर काम गर्नुपर्ने हुन्छ। आगामी आर्थिक वर्षको बजेट आउँदा त्यो कार्यान्वयन गर्न पहल गर्नुपर्छ।

अहिले राजनीतिक पार्टीहरुले विचारका विषयमा छलफल नगरेको स्थितिमा माओवादीले थोरै भए पनि गर्‍यो। त्यसैले अन्य राजनीतिक दलहरुमध्ये अब्बल देखिएका छौँ।

मैले नयाँ विचारको सन्दर्भमा माओले भन्ने गरेको कुरा 'क्वोट' गर्ने गरेको छु। लाखौं जनताका बीचमा जब विषयवस्तुहरु लगिन्छ, त्यहाँ छलफल र बहस हुन्छ। त्यहाँबाट आउने उपाय, तरिका र सूचनाहरुलाई संश्लेषण गरेपछि नयाँ कुरा अर्थात् नयाँ विचार आउँछ। कम्युनिस्ट पार्टीको महाधिवेशनमा मस्यौदा वा दस्तावेज तलसम्म पठाइन्छ। केन्द्रीय समितिमा अर्को मत आयो भने त्यसलाई पनि पठाइन्छ। यसरी दस्तावेजहरु तल जान्छन्। त्यस विषयमा बहस र छलफल हुन्छ। दस्तावेजलाई केन्द्रमा राखेर तल सम्मेलन हुन्छन्। त्यहाँबाट चुनिएर आएका प्रतिनिधिहरुबाट महाधिवेशन हुन्छ। अहिले पार्टीको दस्तावेज छलफल भएर तलबाट आएको होइन।

nimb
nimb
Ncell 2
Ncell 2

अरु पार्टीहरुले महाधिवेशनमा वैचारिक बहस र छलफल नगरेको हुनाले हामी फरक देखियौँ। अहिले राजनीतिक पार्टीहरुले विचारका विषयमा छलफल नगरेको स्थितिमा माओवादीले थोरै भए पनि गर्‍यो। त्यसैले अन्य राजनीतिक दलहरुमध्ये अब्बल देखिएका छौँ। तर, माओवादीको माओवादीसँगै तुलना गर्दा भने अझै पनि पर्याप्त भएन भन्ने लाग्छ।

माओवादीको आठौं महाधिवेशनबाट क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी बनाउँदै समाजवादको यात्रा तय गर्ने भनिएको थियो। त्यो दिशातिर पार्टी सोझिएको आभाष भयो कि भएन?
त्यो व्यवहारबाट पुष्टि हुने कुरा हो। अब पार्टीमा कसरी कार्यविभाजन हुन्छ? कसरी पदाधिकारीहरुको चयन हुन्छ? महाधिवेशनमा आएका विचारहरु कसरी व्यवहारिक रुपमा लागू गरिन्छ? त्यो हेर्नुपर्छ। हामीले धेरै पटक राम्रा कुरा भनेका छौँ। तर, व्यवहारमा लागू नभएर यस्तो हालत भएको हो। अहिले पनि भनिँदै छ। माओवादीले कुरा त उठायो। के माओवादीले यस्ता विषय लागू गर्छ त? भनेर प्रश्न गर्न थालिएको छ। माओवादीले शिक्षा, स्वास्थ्यलगायत सामाजिक सुरक्षाका विषयमा हेरफेर गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न हो। नेपालको कृषि क्षेत्रमा देखिएका समस्याहरु पहिल्याएर समाधान दिन सक्नुपर्‍यो। तब मात्र कृषिमा भइरहेको आयात विस्थापित हुने स्थितिमा पुग्छ। यी सबै विषयहरु व्यवहारबाट पुष्टि हुनेगरी काम गर्नुपर्ने हुन्छ।

तपाईं लगायत केही नेताले ल्याएको पूरक प्रतिवेदनमा अध्यक्षले सम्बोधन गर्नुभयो कि भएन?
अध्यक्षले हामीहरुले उठाएका विषयहरु कथनीमा सम्बोधन गर्नुभएको छ। तर, करणीमा अध्यक्ष आफैंले उठाएका विषय पनि लागू हुन्छ कि हुन्न, हेर्नुपर्ने छ। हामीले उठाएका विषय सम्बोधन हुँदैन भनेर आशंकाहरु उठेका छन्। त्यस विषयमा सम्बोधन गरेर अध्यक्षले गलत सावित गरिदिनुपर्ने हुन्छ। पार्टीमा जिम्मेवारी दिँदा राम्रो संगठक, राम्रो विचारकहरुलाई कसरी समेट्नुहुन्छ? भौगालिक, जाति, क्षेत्र, लिंगलगायत युवाहरुलाई कसरी पदाधिकारीमा समेट्नुहुन्छ? त्यसमा पनि धेरै कुरा भरपर्छ।

माओवादी आफ्नै संगठनको जगमा उभिन सक्दैन भन्ने आरोप लाग्दै आएको छ। त्यसलाई गलत सावित गर्न महाधिवेशनले केही छिनोफानो गर्‍यो?
माओवादीले नेपालको राजनीतिमा ल्याएका केही मुद्दाहरु छन्। ती अहिले पनि राजनीतिको केन्द्रमा छन्। संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक जस्ता अजेण्डाको कर्णधार माओवादी हो। अरु इष्टमित्रले अरु अरु कुरा जुटाइदिन सक्छन्। तर, माओवादीले उठाएको मुद्दा अरु कसैले पूरा गर्दैनन्। त्यसलाई आत्मसात गरेर जनतालाई अभाष हुनेगरी काम गर्न माओवादी आफैं जुट्नुपर्ने छ।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  २०:०१
  • #माओवादी_केन्द्र_आठौं_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्