काठमाडौं- तीन वर्षदेखि हराएकी बलिउड अभिनेत्री अनुष्का शर्माले अन्ततः पर्दामा देखिने भएकी छन्। उनी भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान गुल्सन गोश्वामीको जीवनमा आधारित रहेर बनेको फिल्म ‘चक्दा एक्सप्रेम’मार्फत् पर्दामा फर्किन लागेकी छन्।
बिहीबार फिल्मको पहिलो टिजर सार्वजनिक भएको छ। फिल्ममा अनुष्का भारतीय महिला क्रिकेट टिमकी पूर्वकप्तान गुल्सन गोश्वामीको भूमिकामा देखिएकी छन्। आफ्नो सामाजिक सञ्जालमा फिल्मको टिजर राख्दै उनले लेखेकी छन्, ‘यो निकै महत्वपूर्ण फिल्म हो किनकी यो कथा धेरै त्यागको कथा हो।’
गुल्सन गोश्वामी, जसको जीवनमा आधारित रहेर फिल्म बनेको छ। उनी २००८ देखि २०११ सम्म भारतीय महिला क्रिकेट टिमको कप्तानको रुपमा रहेकी थिइन्। १९ वर्षको उमेरमै अन्तराष्ट्रिय खेलमा डेब्यू गरेकी उनले १५ वर्षको उमेरमै क्रिकेटमा प्रवेश गरेकी थिइन्।
‘नेटफिल्क्स’मार्फत रिलिज हुने फिल्मको टिजरमा अनुष्कासँगै २००८ को पृष्ठभूमिलाई देखाइएको छ। फिल्ममा महिला क्रिकेटलाई स्थापित गर्न गरिएको संघर्षलाई प्रस्तुत गरिएको छ।
फिल्मलाई प्रोसित रोयले निर्देशन गरेका छन्। कर्नेस एस शर्माको लगानीमा बनेको फिल्मको लेखन अभिषेक बनेर्जीको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।