काठमाडौं– भारतीय अभिनता पुनीत कुमारको अन्तिम फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ। गत वर्ष अक्टोबर २९ मा निधन भएका अभिनेताको अन्तिम फिल्म ‘लकी मैन’को पोस्टर सार्वजनिक भएको हो।
‘लकी मैन’मा पुनीतसँगै उनको केमियोलाई प्रयोग गरी छायांकन गरिएको छ। फिल्ममा उनी प्रभु देवासँगै देखिनेछन्। फिल्मलाई नगेन्द्र प्रसादले निर्देशन गरेका छन्। फिल्ममा पुनीतसँगै डार्लिङ कृष्ण, संगीता श्रीन्गेरी र रोशनी प्रकार प्रमुख भूमिकामा देखिनेछन्।
‘लकी मैन’ तमिल फिल्म ‘ओइ माई कदवुले’को हिन्दी रिमेक हो। फिल्मको फर्स्ट लुकमा ‘भगवान छिट्टै आउँदै छन् (गड इज एराइभिङ सुन)’ ट्यागलाइन राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।