• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

के सहज हुँदैछ तरलता? बैंकिङ क्षेत्रमा देखिन थाल्यो नियामकको पहलको असर

64x64
सुमित्रा कार्की बुधबार, पुस २१, २०७८  ०९:२६
1140x725

काठमाडौं- केही महिनायता बैंकिङ क्षेत्र तरलता अभावको संकटमा फसेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप (बचत) संकलनमा भारी गिरावट आउँदा मागअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन्।

विगत दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र अहिले पुनःउत्थान हुने क्रममा रहेको छ। यद्यपि, महामारीको त्रास अहिले पनि हटिसकेको छैन। तर, लामो समयसम्म बन्द रहेका व्यापार व्यवसाय भने विस्तारै सञ्‍चालनमा आउन थालेका छन्। यसले गर्दा बजारमा ठूलो मात्रामा लगानी गइरहेको बैंकहरुले तथ्यांकले बताउँछ।

बजारमा लगानी बढ्दा ग्राहकले मागेजति कर्जा दिन नसक्ने अवस्थामा पुगेको बैंकहरुको भनाइ छ। यही कारण बैंकिङ क्षेत्रमा तरलताको समस्या सिर्जना भएको बताइन्छ। यो समस्याले अहिले बैंकिङ क्षेत्रमात्र नभएर सम्पूर्ण अर्थतन्त्र नै त्राहीमाम छ।

बैंक तथा वित्तीय संस्थामा देखिएको यो समस्या हटाउन नियामक निकायले विभिन्न खालका मौद्रिक औजारहरुको प्रयोग गर्दै आएको छ। यसका लागि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले विभिन्न खालका नीतिगत व्यवस्थाहरु समेत गरेका छन्।

तरलता संकट हटाउने यी प्रयास
राष्ट्र बैंकले कोरोना महामारीले सबैभन्दा धेरै असर गरेको क्षेत्रमा आर्थिक वर्ष २०७६/७७ मा २१२ अर्ब रुपैयाँ पुनर्कर्जा दिने नीति ल्याएको थियो। यस्तो कर्जा आर्थिक वर्ष २०७६/७७ मा १४८ अर्ब रुपैयाँ गएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा यस्तो कर्जा १०५ अर्ब रुपैयाँ गएको तथ्यांक छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि यस्तो कर्जा १०५ अर्ब रुपैयाँ वितरण गर्ने तयारी गरेको छ। यसले बजार चलायमान बनाउन सहयोग पुग्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।

अर्थ मन्त्रालयले स्थानीय तहको कोषमा जाने बजेटको ८० प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाहरुलाई निक्षेपको रुपमा गणना गर्न दिने निर्णय गर्‍यो। यसअघि यस्तो रकमको ५० प्रतिशतमात्र निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो। तरलताको दबाब कम गर्न भन्दै अर्थ मन्त्रालयले उक्त निर्णय गरेको थियो। 

राष्ट्र बैंकले सोमबार परिपत्र जारी गरी अर्थ मन्त्रालयको उक्त निर्णय कार्यान्वयनमा ल्याएको छ। यसले बजारमा तरलताको समस्या केही हदसम्म कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी राष्ट्र बैंकले विदेशमा रहेका नेपालीले नेपालको बैंकिङ क्षेत्रमा रेमिट्यान्सका रुपमा पठाएको रकम बचत गरेमा उक्त बचतमा अन्य निक्षेपको भन्दा थप एक प्रतिशत ब्याज दिने व्यवस्था गरेको छ। यसले हुण्डीलगायत गैरकानुनी बाटोबाट आउने रकम पनि बैंकिङ च्यानलमा आउने आकलन गरिएको छ। विदेशबाट रेमिट्यान्स पठाउनेहरुले नेपालको बैंक तथा वित्तीय संस्थामा बचतका रुपमा पठाउँछन्। त्यो रकममा पहिले पाइरहेको ब्याजमा थप एक प्रतिशत ब्याज दिनुपर्ने व्यवस्था गरिएको हो।

यसैगरी हालसम्म देखिएको तरलताको समस्या समाधान गर्न २५०० अर्ब रुपैयाँभन्दा बढी स्थायी तरलता उपलब्ध गराएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन्। उनका अनुसार राष्ट्र बैंकले 'ओभर नाइट रिपो'मार्फत् १०० अर्ब रुपैयाँ बराबरको लगानी बजारमा पठाएको छ। राष्ट्र बैंकको यो प्रयासपछि पनि बैंकहरुको सीडी रेसियो अहिलेसम्म समायोजन हुने आधारमा आएको छैन।

पछिल्लो समय बैंकहरुको तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाको लगानीयोग्य रकमको ९९ प्रतिशत बजारमा गएको छ। जसकारण राष्ट्र बैंकले मौद्रिक औजारमार्फत् चलायमान बनाउने प्रयास गरे पनि बजारमा पैसाको अभाव उस्तै रहेको राष्ट्र बैंकका ती अधिकारी बताउँछन्। 

राष्ट्र बैंकले बजारमा देखिएको तरलता अभावलाई सहजीकरण गर्न बैंकहरुलाई विदेशबाट ऋण ल्याउन र ऋणपत्र निष्कासन गर्न पाउने व्यवस्था गरिदिएको छ। अहिलेको तथ्यांक हेर्दा १० वटा वाणिज्य बैंकले यस्तो ऋण ल्याउन सफल भएका छन्। अन्य बैंकले पनि यसरी ऋण ल्याए भने यसले दुई कुरामा मद्दत पुग्ने ती अधिकारी बताउँछन्। उनी भन्छन्, ‘बैंकहरुले यसरी ऋण ल्याउँदा यउटा मुलुकको विदेशी विनिमय सञ्चिति तत्कालका लागि मजबुत बन्छ। अर्को, बैंकको लेनदेन गर्ने स्रोत बढ्छ। राष्ट्र बैंकले बैंकहरुले ल्याएको ऋण सापटीलाई वित्तीय स्रोतको रुपमा गणना गर्न पाउने भनेको छ। यसले गर्दा बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो सहज हुने देखिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्थ मन्त्रालयले पनि बजारमा देखिएको तरलताको समस्या समाधान गर्न विकास खर्च बढाउन जोड दिँदै आएको छ। अर्थमन्त्री जनार्दन शर्माले विकासे मन्त्रालयहरुलाई पुस मसान्तभित्र ३० प्रतिशत विकास बजेट खर्च गरिसक्न निर्देशन दिएका छन्। ती मन्त्रालयहरुले उक्त निर्देशनबमोजिम खर्च गरे बजारमा केही पैसा आउने अनुमान छ।

अर्कोतर्फ राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको छ। केही वस्तुको आयातमा सतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्थाले पनि आयातलाई केही घटाएको छ। यसले गर्दा आयातका लागि बाहिरिने रकम केही कम भएको छ। आयातमा जाने पैसा केही रोकिँदा केही समययता बैंकहरुको कर्जा लगानी कम भएको छ।

बैंकिङ क्षेत्रमा तरलताको अवस्था 
पुस १९ गतेसम्मको तथ्यांक हेर्दा बैंकहरुले कर्जा लगानी र निक्षेप संकलनको अन्तरलाई मिलाउँदै लगेका छन्। पुस १९ गतेसम्ममा बैंकहरुले १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् भने यस अवधिसम्म निक्षेप संकलन पनि १२ अर्ब रुपैयाँले बढाउन सफल भएका छन्। यसले बैंकहरुको सीडी रेसियो विस्तारै राष्ट्र बैंकले तोकेको सीमाभित्र आउने आकलन गर्न सकिन्छ।

केही दिनयता बैंकहरुमा तरलता सहज हुँदै जानुमा केन्द्रीय बैंकले पठाएको पुनर्कर्जाको रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्थाले मुख्य भूमिका खेलेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। केन्द्रीय बैंकले ५२ अर्ब रुपैयाँको पुनर्कर्जा बैंकहरुमा पठाएपछि उक्त रकमलाई बैंकहरुले सीडी रेसियोमा गणना गर्न पाउँछन्। यसले गर्दा पछिल्लो समय सीडी रेसियो घट्दै गएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार अहिले समग्र बैंकिङ क्षेत्रको सीडी रेसियो ९०.७६ प्रतिशत रहेको छ।

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्