काठमाडौं- अंग्रेजी नयाँ वर्ष लागिसकेको छ। नयाँ वर्ष लागेसँगै भारतीय फिल्म उद्योगमा आशाका किरण देखिएका छन्।
कोरोना महामारीका कारण सन् २०२१मा अधिकांश सिनेमा घर बन्द रहे। तर नयाँ भेरियन्ट ओमिक्रोनका कारण तेस्रो लहरको खतरा रहेको छ। तर जानकारले ओमिक्रोनलाई डेल्टाको तुलनामा कम खतरनाक मानिएको छ। यसै आशामा हिन्दी फिल्म उद्योगले विस्तार विस्तार आफ्नो रफ्तार पकड्ने प्रयास गरिरहेको छ।
यस वर्ष कतिपय फिल्म रिलिजको पर्खाइमा छन्। भने कतिपय फिल्मका लागि दर्शकले प्रतिक्षा गरिरहेका छन्। त्यसमध्ये केही फिल्मबारे हामीले यहाँ चर्चा गर्दै छौं।
चार वर्षपछि पर्दामा देखिने छन् आमिर
करीब चार वर्षको अन्तरालपछि आमिर खान आफ्नो नयाँ फिल्म 'लाल सिंह चड्ढा' लिएर आउँदै छन्। जो हलिउड फिल्म 'फरेस्ट गंप' को भारतीय रुपान्तरण हो।
फिल्ममा आमिर खान सिख व्यक्तिको भूमिकामा देखिने छन्। कोरोना महामारीका कारण फिल्मको रिलिज एक वर्ष ढिला गरिएको छ। अद्वैत चन्दन निर्देशित लाल सिंह चड्ढामा करीना कपूरको मुख्य भूमिका छ। फिल्म १४ अप्रिल २०२२ मा रिलिज हुने जनाइएको छ।
अक्षय कुमारको चौका!
हरेक वर्ष चार फिल्म ल्याउने अक्षय कुमारले २०२२ मा पनि ४ फिल्मका लागि तयार छन्।
यसमा ऐतिहासिक भूमिकामा आधारित 'पृथ्वीराज चौहान' २१ जनवरी २०२२ मा रिलिज हुनेछ। निर्देशक आनन्द एल रायका साथ अक्षय कुमारको फिल्म 'रक्षाबन्धन' ११ अगस्ट २०२२ मा रिलिज हुनेछ।
दिवालीको अवसरमा अक्षय कुमारको बहुचर्चित फिल्म 'रामसेतु' रिलिज हुनेछ। जसमा ज्याकलीन फर्नांडिस र नुसरत भरुचा उनका साथ देखिने छन्।
अक्षयको चौथो फिल्म 'ओ माइ गड २' हुनेछ, जो 'ओ माय गड' को सिक्वेल हो। यसमा पंकज त्रिपाठीको मुख्य भूमिका रहने छ।
राजामौलीको 'आरआरआर' मा अजय देवगन
बाहुबलीको अपार सफलतापछि निर्देशक एस एस राजामौली आफ्नो आगामी फिल्म 'आरआरआर' लिएर आउँदै छन्। यसमा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन प्रमुख भूमिकामा छन्।
उफ फिल्म वर्षको पहिलो शुक्रबार रिलिज हुने तयारीमा थियो । तर कोरोनाको ओमिक्रोन भेरिएन्टको खतराका कारण यसको रिलिज डेट सारिएको छ। यो फिल्म कहिले रिलिज हुन्छ भन्ने तय भएको छैन।
अजय देवगनको स्पोर्ट्स ड्रामा 'मैदान' ३ जुन २०२२ मा रिलिज हुने जनाइएको छ। अजय देवगनको इन्द्रकुमार निर्देशित फिल्म 'थ्यांक गड' २९ जुलाई, २०२२ मा रिलिज हुनेछ। यस फिल्ममा सिद्धार्थ मल्होत्रा र रकुलप्रीत उनको साथमा हुनेछन्।
अमिताभ बच्चनका फिल्म
सदाबहार महानायक अमिताभ बच्चन अहिले पनि फिल्म उद्योगमा सबैभन्दा व्यस्त कलाकारमध्ये एक हुन्। उनका कयौं फिल्म यस वर्ष रिलिज हुनेछन्।
जसमा बहुचर्चित साइन्स फिक्शन फिल्म 'ब्रह्मास्त्र' पनि रहेको छ। जसमा उनी रणबीर कपूर र आलिया भट्टका साथ देखिने छन्।
यो फिल्म ९ सेप्टेम्बर २०२२ मा रिलिज हुनेछ। मराठी फिल्म 'सैराट' बाट चर्चामा आएका निर्देशक नागराज मंजुलका साथ अमिताभ बच्चन 'झुन्ड' मा देखिनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।