फाइल तस्बिर
काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। बैठक बिहान ११ बजे महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानमा बस्ने नेता गणेश साहले बताए।
आजको बैठकले केन्द्रीय सदस्य तथा पदाधिकारीको विषयमा छलफल गरी अन्तिम टुंगो लगाउने साहको भनाइ छ।
पार्टीको गत आइतबारदेखि जारी महाधिवेशन केन्द्रीय सदस्य तथा पदाधिकारीको टुंगो लगाउन नसक्दा हालसम्म सकिएको छैन।
आज दिउँसो १ बजेसम्म पनि सहमतिमा चयन गर्न नसके २ बजेदेखि निर्वाचन प्रक्रियामा जाने भन्दै शनिबारको बन्दसत्र स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।