काठमाडौं– प्रतिनिधि सभाको आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक नेकपा माओवादी केन्द्रको आग्रहमा स्थगित गरिएको जनाइएको छ।
माओवादीले पार्टीको आठौं महाधिवेशन जारी रहेकाले प्रतिनिधि सभा बैठक स्थगित गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको पार्टीका एक नेताले बताए।प्रतिनिधि सभाको अर्को बैठक पुस २२ मा बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
साथै प्रतिनिधि सभा बैठकसँगै आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।