काठमाडौं– कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
बैंकको हकप्रद सेयर माघ ७ गतेदेखि निष्कासन हुनेछ। बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्कासनका लागि बैंकले पुस २५ गते बुकक्लोज गर्नेछ।
बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरमार्फत माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ। हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी हकप्रद निष्कासनपछि ५० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।