• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा २८ कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अन्योलमा

64x64
सुमित्रा कार्की आइतबार, पुस १८, २०७८  ०६:३३
1140x725

काठमाडौं- नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न तयारी पूरा गरिसकेका कम्पनीलाई समेत स्वीकृति दिन सकेको छैन। आवेदन दिएका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अलमलमा परेसँगै नयाँ आवेदन दिन आउने कम्पनीको संख्या पनि न्यून छ।

सार्वजनिक (पब्लिक) कम्पनीले सर्वसाधारणबाट पुँजी संकलनका लागि आईपीओ निष्कासन गर्दछ। यस्तो सेयरको मूल्य साधारणतया १०० रूपैयाँ प्रतिकित्ता तय गरिएको हुन्छ। आईपीओ खुलेका समय सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्छन्।

यद्यपि, कुनै कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा अंकित मूल्य १०० रूपैयाँभन्दा धेरै पनि तोक्न पाउँछ। यसकारण कतिपय कम्पनीको मूल्य भने १०० रूपैयाँभन्दा बढी तय गरिएको हुन्छ। 

आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्छ। त्यस्ता कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकसमेत तोक्नुपर्ने हुन्छ। 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओको जोखिम के-कस्तो छ भनेर रेटिङ कम्पनीबाट मूल्यांकन गराएको हुनुपर्छ। नेपालमा केयर रेटिङ नेपाल र इक्रा नेपालले रेटिङको काम गर्दै आएका छन्। यी दुई कम्पनीले आईपीओमा लगानी गर्दा रहने जोखिमका आधारमा रेटिङ प्रदान गर्दछ। यसरी प्रक्रियामा गएका कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाउँछन्।  

बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्न पत्रपत्रिकामा सूचना प्रकाशन गर्छ। सूचनामा आवेदन कहिलेदेखि कहिलेसम्म खुलाउने? कति कित्तादेखि कति कित्तासम्म आवेदन दिन पाइने? भन्नेबारे स्पष्ट खुलाइएको हुन्छ।  

यो सम्पूर्ण प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृतिको लागि धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनी पुस १६ गतेसम्म २८ वटा रहेका छन्। यी कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि योग्य छ छैन, अनुसन्धान गरेर आईपीओ निष्कासनका लागि अनुमति दिनुपर्ने हुन्छ। 

अहिले धितोपत्र बोर्ड नै नेतृत्वविहीन बनेर बसेको छ। यसकारण बोर्डमा आवेदन दिएका कम्पनीलाई अध्ययन गरी आईपीओ निष्कासनका लागि स्वीकृति दिने प्रक्रिया अलमलमा परेको हो।

Ncell 2
Ncell 2

रोकिएको आईपीओ कुन कम्पनीको कति?
धितोपत्र बोर्डमा २८ वटा कम्पनीले छ करोड ७२ लाख ४७ हजार चार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा सबैभन्दा धेरै जलविद्युत् कम्पनीरहेका छन्। आवेदक २८ मध्ये १७ वटा जलविद्युत् कम्पनी छन्। यस्तै छ वटा लघुवित्त कम्पनी, दुईवटा बिमा कम्पनी तथा तीनवटा अन्य कम्पनी रहेका छन्।  

बुक बिल्डिङबाट आईपीओ ल्याउने तयारी पनि अन्योलमा
धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि ल्याएको नयाँ विधि ‘बुक बिल्डिङ’मार्फत् आईपीओ निष्कासन गर्ने प्रक्रिया पनि अहिले सेलाएको छ। केही समयअघि सर्वोतम सिमेन्टले यो प्रक्रियाबाट आईपीओ निष्कासन गर्न बोर्डसँग छलफल गर्दै आएको थियो। यस्तै, कम्पनीले यो विधिबाट आईपीओ निष्कासन गर्नेबारे पत्रकार सम्मेलन गरेर नै जानकारी दिएको थियो।

यता बोर्डले पनि यो विधिबाट आईपीओ निष्कासन गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा भएका प्रक्रियालगायत सबै कुराको अध्ययन गरेको थियो। यसैबीचमा सर्वोतम सिमेन्टलाई उक्त विधिमार्फत् आईपीओ निष्कासनका लागि अनुमति दिनुपूर्व नै नियमविपरीत सेयर किनेको पाइएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो। 

यससँगै बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन गर्ने प्रक्रिया ओझेलमा परेको हो। अहिले बोर्डमा कुनै पनि कम्पनीले यो विधिबाट आईपीओ निष्कासनका लागि आवेदन नदिएको बोर्डका एक अधिकारीले बताए।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्