• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा २८ कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अन्योलमा

64x64
सुमित्रा कार्की आइतबार, पुस १८, २०७८  ०६:३३
1140x725

काठमाडौं- नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा बोर्डमा आवेदन दिएर बसेका २८ कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन रोकिएको छ। अध्यक्ष नहुँदा बोर्डले आईपीओ निष्कासन गर्न तयारी पूरा गरिसकेका कम्पनीलाई समेत स्वीकृति दिन सकेको छैन। आवेदन दिएका कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अलमलमा परेसँगै नयाँ आवेदन दिन आउने कम्पनीको संख्या पनि न्यून छ।

सार्वजनिक (पब्लिक) कम्पनीले सर्वसाधारणबाट पुँजी संकलनका लागि आईपीओ निष्कासन गर्दछ। यस्तो सेयरको मूल्य साधारणतया १०० रूपैयाँ प्रतिकित्ता तय गरिएको हुन्छ। आईपीओ खुलेका समय सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्छन्।

यद्यपि, कुनै कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्दा अंकित मूल्य १०० रूपैयाँभन्दा धेरै पनि तोक्न पाउँछ। यसकारण कतिपय कम्पनीको मूल्य भने १०० रूपैयाँभन्दा बढी तय गरिएको हुन्छ। 

आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्छ। त्यस्ता कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकसमेत तोक्नुपर्ने हुन्छ। 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओको जोखिम के-कस्तो छ भनेर रेटिङ कम्पनीबाट मूल्यांकन गराएको हुनुपर्छ। नेपालमा केयर रेटिङ नेपाल र इक्रा नेपालले रेटिङको काम गर्दै आएका छन्। यी दुई कम्पनीले आईपीओमा लगानी गर्दा रहने जोखिमका आधारमा रेटिङ प्रदान गर्दछ। यसरी प्रक्रियामा गएका कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासनका लागि अनुमति पाउँछन्।  

बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्न पत्रपत्रिकामा सूचना प्रकाशन गर्छ। सूचनामा आवेदन कहिलेदेखि कहिलेसम्म खुलाउने? कति कित्तादेखि कति कित्तासम्म आवेदन दिन पाइने? भन्नेबारे स्पष्ट खुलाइएको हुन्छ।  

यो सम्पूर्ण प्रक्रिया पूरा गरेर आईपीओ निष्कासनका लागि अन्तिम स्वीकृतिको लागि धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनी पुस १६ गतेसम्म २८ वटा रहेका छन्। यी कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि योग्य छ छैन, अनुसन्धान गरेर आईपीओ निष्कासनका लागि अनुमति दिनुपर्ने हुन्छ। 

अहिले धितोपत्र बोर्ड नै नेतृत्वविहीन बनेर बसेको छ। यसकारण बोर्डमा आवेदन दिएका कम्पनीलाई अध्ययन गरी आईपीओ निष्कासनका लागि स्वीकृति दिने प्रक्रिया अलमलमा परेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

रोकिएको आईपीओ कुन कम्पनीको कति?
धितोपत्र बोर्डमा २८ वटा कम्पनीले छ करोड ७२ लाख ४७ हजार चार कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा सबैभन्दा धेरै जलविद्युत् कम्पनीरहेका छन्। आवेदक २८ मध्ये १७ वटा जलविद्युत् कम्पनी छन्। यस्तै छ वटा लघुवित्त कम्पनी, दुईवटा बिमा कम्पनी तथा तीनवटा अन्य कम्पनी रहेका छन्।  

बुक बिल्डिङबाट आईपीओ ल्याउने तयारी पनि अन्योलमा
धितोपत्र बोर्डले आईपीओ निष्कासनका लागि ल्याएको नयाँ विधि ‘बुक बिल्डिङ’मार्फत् आईपीओ निष्कासन गर्ने प्रक्रिया पनि अहिले सेलाएको छ। केही समयअघि सर्वोतम सिमेन्टले यो प्रक्रियाबाट आईपीओ निष्कासन गर्न बोर्डसँग छलफल गर्दै आएको थियो। यस्तै, कम्पनीले यो विधिबाट आईपीओ निष्कासन गर्नेबारे पत्रकार सम्मेलन गरेर नै जानकारी दिएको थियो।

यता बोर्डले पनि यो विधिबाट आईपीओ निष्कासन गर्नका लागि अन्तर्राष्ट्रिय बजारमा भएका प्रक्रियालगायत सबै कुराको अध्ययन गरेको थियो। यसैबीचमा सर्वोतम सिमेन्टलाई उक्त विधिमार्फत् आईपीओ निष्कासनका लागि अनुमति दिनुपूर्व नै नियमविपरीत सेयर किनेको पाइएपछि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले पदबाट बर्खास्त गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यससँगै बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन गर्ने प्रक्रिया ओझेलमा परेको हो। अहिले बोर्डमा कुनै पनि कम्पनीले यो विधिबाट आईपीओ निष्कासनका लागि आवेदन नदिएको बोर्डका एक अधिकारीले बताए।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्