काठमाडौं– मध्य अमेरिकी मुलुक निकारागुआमा चीनले आफ्नो दूतावास पुनः खोलेको छ।
ताइवानबाट बेइजिङमा कूटनीतिक मान्यता परिवर्तन गरेको केही हप्तापछि चीनले आफ्नो दूतावास पुनः खोलेको हो।
निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडाले दूतावासको उद्घाटन समारोहमा बोल्दै भने, ‘हाम्रो निकारागुआमा तपाईलाई स्वागत छ। हाम्रो भ्रातृ सम्बन्ध सफलता र विजय हुने छ।’
चिनियाँ सेनाले आफ्नो भूमिमा गस्ती बढाएपछि ताइवानले संयुक्त राज्य अमेरिकालगायत धेरै अनौपचारिक पश्चिमी राष्ट्र हरूसँग सम्बन्ध बलियो बनाएको छ।
तर, मध्य अमेरिकी मुलुक निकारागुआले ताइवानबाट बेइजिङमा कूटनीतिक मान्यता परिवर्तन गरेको छ। त्यो परिवर्तन चीनको लागि राजनीतिक जीत थियो, जसले ताइवानलाई आफ्नो क्षेत्रको हिस्साको रूपमा दाबी गर्दै आएको छ।
तीन हप्ता अघिको चिनियाँ घोषणा अनुसार ताइवानबाट १४ कूटनीतिक सहयोगी अलग भएका छन्। शुक्रबार मोन्काडासँगको भर्चुअल बैठकमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले निकारागुआले गरेको सही निर्णयलाई बेइजिङले स्वागत र प्रशंसा गरेको बताए।
जवाफमा मोन्काडाले ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग रहेको दाबी गरे। ‘जनवादी गणतन्त्र चीन एक मात्र वैध सरकार हो जसले सम्पूर्ण चीनको प्रतिनिधित्व गर्दछ, र ताइवान चिनियाँ क्षेत्रको अविभाज्य भाग हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।