१. ठेकेदारको घरबाट डेरामा सर्न ठाउँ खोजिरहेको माओवादी अध्यक्ष प्रचण्डको स्पष्टीकरण, एमसीसी खारेज गर्न अनिच्छुक, केन्द्रीय सदस्यलाई जिल्लामै रहेर सक्रिय हुन निर्देशन (प्रतिनिधिलाई प्रचण्डको जवाफ)
२. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तोक्यो प्रधानन्यायाधीश राणाको परिवार र आफन्तको सम्पत्ति छानविनका लागि अनुसन्धान अधिकृत, गैरकानुनी देखिए मुद्दा चलाइने (प्रधानन्यायधीशका परिवार छानविनमा)
३. ट्रान्समिटरले ओभरलोड नधान्दा काठमाडौं उपत्यकाको विद्युतमा समस्या आएको कुलमान घिसिङको प्रस्टोक्ति, शुक्रबार रातिसम्म समस्या समाधान भइसक्ने आश्वासन (कुलमानको प्रस्टोक्ति)
४. नयाँ दिल्लीमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट समुदायस्तरमै पुगेको स्वास्थ्यमन्त्रालयको दाबी, ओमिक्रोन भेरियन्टबाट भारतमा एकै दिन १२७० जना संक्रमित (भारतमा ओमिक्रोन बढ्दो)
५. र, सहिद स्मारक ए डिभिजनमा त्रिभुवन आर्मी र नेपाल एपीएफ क्लवले खेले बराबरी, बराबरीसँगै आर्मी ७ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा यथावत् (आर्मी यथावत्)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।