काठमाडौं– फ्रान्समा वर्डफ्ल्यु फैलिन थालेपछि करिब ६ लाख ५० हजार पक्षीहरू मारिएको छ। सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मारेको हो।
कृषि मन्त्रालयले फ्रान्समा सन् २०१५ देखि वर्डफ्ल्यूको महामारी आएको र अहिले चौथो चरणको खतरा रहेको दाबी गरेको छ। महामारी फैलिन सक्ने देखिएका क्षेत्रका २६ फार्मका पक्षी मारिएको मन्त्रालयले जनाएको छ।
फ्रान्स जस्तै अरु धेरै युरोपेली देशहरूमा पनि अहिले वर्डफ्ल्युको महामारी आउनेसक्ने खतरा देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।