काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनसीएचएलले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका औपचारिक रुपमा सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकका पेमेन्ट सोलुसन्स डिपार्टमेन्ट एण्ड बिजनेस सपोर्ट प्रमुख सुरेशराज महर्जन र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान हस्ताक्षर गरेका छन्।
यस सम्झौताअनुरुप सिद्धार्थ बैंकले नेसनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल-क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत् अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन-यल टाइम तथा ओपन एपीआईमार्फत बैंकले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्ने छन्।
सिद्धार्थ बैंकले सदैव आफ्ना ग्राहकहरुका निम्ति विभिन्न डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ र नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीले बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने विश्वास गरिएको छ।
हाल नेसनल पेमेन्ट स्वीचमा ३६ वटा बैंक/वित्तीय संस्था र तीन भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३९ वटा संस्था आबद्ध भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।