काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इज्जत छाड्ने हो भने सरकारबाट कहिल्यै हट्नु नपर्ने देखिएको बताएका छन्।
वैदेशिक रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अलिकति इज्जत छाड्ने हो भने सरकारबाट कहिले हट्नु नपर्ने देखिएको बताएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नाम लिँदै अध्यक्ष ओलीले भने, 'प्रचण्डहरु म हुँदा पनि सरकारमा थिए, कांग्रेस हुँदा पनि सरकारमा नै छैन्। इज्जत फाल्यो भने जहिलेनि सरकारमा।'
ओलीले जहिले पनि सरकारमा मात्र बस्ने भन्दा पनि जनताको जीवन परिवर्तनमा लाग्नु पर्ने बताए।
उनले विदेशबाट फर्किएकाहरुले त्यहाँ सिकेको सीपलाई देशमा प्रयोग गरेर समृद्धितर्फको यात्रामा अघि बढ्नु पर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।