काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध मुद्दा दायर गरेको हो।
वडा नम्बर ११ स्थित भलुवाइ सडक निर्माण सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको अनुसन्धानमा पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो।
वडाध्यक्ष साहको निर्देशनमा वडा सदस्यद्वय रौनियार र रायले आफ्नो पदीय मर्यादाको विपरित घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।