काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुको लक्ष्य र उद्देश्य चुनाव नभएको बताएका छन्। शुक्रबार साध्यबहादुर भण्डारी नेतृत्वको राष्ट्रिय जागरण परिषद्सँग एकता गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'कसैले चुनावदेखि चुनाव भनिरहेका छन्। हामी त्यसो भन्दैनौं, हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन।'
उनले जनताका समस्या र पीरमर्का आफ्नो प्राथमिकता रहेको बताएका छन्। उनले थपे, 'आमजनताले, युवा पुस्ताले, मजदुर वर्ग र आधारभूत तहका जनताले भोगिरहेका समस्या आफ्नो समस्याका रुपमा लिने गरेका छौं। उनीहरुका समस्या आत्मसाथ गर्ने सन्दर्भमा हामी अग्रपंतिमा उभिनेछौं।'
आफूहरु सन्तुलित रुपमा अघि बढ्नुपर्ने पनि उनले उल्लेख गरेका छन्। नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, 'हामी सन्तुलित रुपमा अघि बढ्नछौं। गलत कुराको विरोध गर्ने हो, तर बडो भाँति पुर्याएर गर्ने।' जिम्मेवार राजनीतिक दल हुनका लागि त्यो आवश्यक रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।