काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्।
किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको स्पष्ट पारे।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता आंैल्याए। किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि अर्थमन्त्री शर्माले सहकारीहरुलाई सचेत गराए। उनले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिए।
कृषिक्षेत्र र किसान राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरे। कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पूँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्त्वपूर्ण हुने विश्वाससमेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।