काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका छन्।
मिश्रकै निवासमा भएको भेटमा राप्रपाका महामन्त्री धवलशमशेर राणा समेत सहभागी थिए।
उनीहरुसँग वर्तमान राजनीतिक अवस्था र देशको भविष्यका विषयमा संवाद भएको मिश्रले बताएका छन्।
मिश्रको भनाइ छ, 'आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुवैप्रति आभारी छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।