कास्की- गृहमन्त्री बालकृष्ण खाणले निर्धारित समयमै निर्वाचन हुने बताएका छन्। उनले स्थानीय तहको चुनाव निर्वाचन आयोगले तय गरेको सीमाभित्रै गरिने बताए।
शुक्रबा नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री खाणले निर्धारित समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
आयोगले वैशाखको १४ र २२ गते चुनाव गर्न प्रस्ताव गरेको छ।
खाणले एमसीसी सम्झौता दलहरुको सहमतिमै पारित गरिने बताए। उनले सबै दलको सहमतिमा केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।