काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि समूहगत सुझावका क्रममा उठेको विषयबारे छलफल गर्न बैठक बसेको एक नेताले बताए।
यसअघि बिहीबार पनि २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमै स्थायी समिति बैठक बसेको थियो।
यस्तै, बैठकमा केन्द्रीय समितिमा ल्याइने विभिन्न कलस्टरको प्रतिनिधित्वको विषयमा समेत खाका प्रस्तुत हुने उनको भनाइ छ।
बैठकपछि आज दिउँसो १ बजेदेखि लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवम् छलफल गर्ने कार्यक्रम रहेको छ। शुक्रवार तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।