काठमाडौं- कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको रात्रिकालिन कर्फ्यु हटाइएको छ।
अधिकारीहरुले अनुसार देशमा कोरोना महामारीको चौथो लहरको 'पिक' मा कमी आएको बताएको बीबीसीले जनाएको छ।
सरकारले एक विज्ञप्तिमा जनाए अनुसार ओमिक्रोन भेरियन्टबाट धेरै संक्रमित हुनाको बाबजुद पछिल्लो लहरको तुलनामा कम मानिस अस्पताल भर्ना भएका छन् र मृत्युमा पनि सामान्य वृद्धि मात्र देखिएको छ।
तर, अब कोरोनाको चौथो लहर निस्किएको अनुमान गरिएको दक्षिण अफ्रिकी अधिकारीहरुले जनाएका छन्।
कोरोनाको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो। यो भेरियन्ट अरु भेरियन्टको तुलनामा ज्यादा संक्रामक बताइएको छ। जसका कारण पूरै विश्वमा कोरोनाबाट जोगिने उपायमाथि कडाइ गरिएको छ।
विश्व स्वास्थ्य संगठनले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमणको 'सुनामी' आउने चेतावनी दिएको छ। तर, दक्षिण अफ्रिकामा बिहीबार सरकारले केही नियमलाई खुकुलो बनाउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।