काठमाडौं–गत वर्ष अप्रिल २९ मा निधन भएका भारतका दिग्गज अभिनेता इरफान खानको फिल्म ‘मर्डर ऐट तीसरी मञ्जिल ३०२’ १४ वर्षको प्रतिक्षापछि डिजिटल रुपमा प्रर्दशन हुने भएको छ। २००७ मा बनेको फिल्म डिसेम्बर २१ मा ओटिटी प्लेटफर्म ‘जी–फाइभ’मा प्रदर्शन हुन लागेको हो।
फिल्म नवनीत बाज सैनीको निर्देशनमा बनेको हो। २००७ मा फिल्म बनेपनि फिल्म रिलिज भएको थिएन्। अब भने यो फिल्म ओटिटीमाध्यमबाट प्रदर्शन हुन लागेको हो। फिल्म ‘मर्डर’ र ‘मिस्ट्री’ विधामा आधारित रहेको छ। फिल्म रिलिज हुने जि–फाइभ फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको छ।
फिल्ममा इरफानसँगै रणवीर शौरी, लकी अली, दीपल शाजस्ता कलाकार पनि मुख्य भूमिकामा रहेका छन्। फिल्म ‘क्वान्टम फिल्म्स’को ब्यानरमा बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।