• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

र्‍यापर बालेन काठमाडौं मेयरको उम्मेदवार बन्ने घोषणा, कलाकारहरूको समर्थन

64x64
नेपाल लाइभ मंगलबार, पुस १३, २०७८  १५:०८
1140x725

काठमाडौं– ‘नेता जति सबै चोर देश लुटी खा’ छन्,
खाने बेला एक, गर्ने बेला फुटिरा’छन्
नांग्रेस, नेमाले, नाओवादी
सबै मिली देश खाउँ बाँडी हामी’

यी शब्द गत वर्ष र्‍यापर बालेन (बालेन शाह)ले सार्वजनिक गरेको ‘बलीदान’ बोलको गीतका हुन्। बालेनले आफ्ना अन्य गीतमा जस्तै यसमा पनि देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गरेका छन्। राजनीतिक दलहरूले जनताका लागि नभएर स्वयं आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै उनले यो गीतमा असन्तुष्टि पोखेका छन्।

एक वर्षअघि सार्वजनिक भएको उक्त गीत अहिले फेरि चर्चामा छ। कारण  हो– बालेनको काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा। अहिले गीतको भिडियो युट्युबमा हेर्नेहरुले कमेन्ट गरेका छन्, ‘बालेनले मेयरमा उठ्छु भनेपछि यो गीत सुन्न आएँ।’

बालेनले केही दिनअघि आफू काठमाडौंको मेयरमा उम्मेदवार बन्ने घोषणा गरे। लगत्तै गायक तथा संगीतकार स्वप्निल शर्माले आफू ‘बालेनको झोला बोक्न तयार भएको’ भन्दै सामाजिक सञ्जालमार्फत उनको समर्थन गरे। अभिनेता निश्चल बस्नेतले पनि सामाजिक सञ्जालमा स्टेटस लेख्दै उनको समर्थन गरे। ‘बालेन केही गर्छु भनेर युवा जोशसहित राजनीतिमा आउन खोजेको’ भन्दै उनले प्रशंसा गरेका छन्। फेसबुक र ट्विटरमा बालेनका लागि #BalenForMayor #AbaYuvaKoPalo जस्ता ह्यासट्याग प्रयोग भइरहेका छन्।

‘मलाई मेयर बन्ने सोच ब्याचलर्स पढ्दादेखि नै आएको थियो,’ बालेन भन्छन्, ‘म काठमाडौंको मतदाता भएकाले काठमाडौंबाटै मेयरमा उठ्न लागेको हुँ। ७५३ स्थानीय तहमा ७० जना युवा उठ्ने हो भने क्रान्ती आउँछ। त्यही क्रान्तिको लागि मैले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेको हुँ।’

बालेनले मेयरमा उठ्ने घोषणा गरेसँगै उनको चर्चा चुलिएको छ। पेशाले इञ्जिनियर र रुचिले गायक रहेका उनी राजनीतिमा हेलिन लागेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने बताएका छन्।

मेयरमा उठ्न अहिले आफ्नो दृष्टिकोण र अजेन्डा निर्माण गरिरहेको उनले बताएका छन्। ‘फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसँगै काठमाडौंका नगरबासीको हितमा के गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य गरिरहेको छु,’ उनी भन्छन्।

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेनले संगीत क्षेत्रमा बाल्यकालबाटै प्रवेश गरे। ९ कक्षामा हुँदा उनले ‘सडक बालक’ बोलको गीत लेखेका थिए। स्नातकमा पढ्दा मात्र उक्त गीत सार्वजनिक गरे। सडकमा बस्ने बालबालिकाप्रति हुने विभेद र सामाजिक असमानता उनले गीतमा प्रस्तुत गरेका छन्। त्यसपछि, ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’जस्ता गीत निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

र्‍यापर बालेनलाई चिनाउने उनको जीवनको पाटो हो। उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। आफू ६५ जिल्ला पुगेर विभिन्न योजनादेखि संरचना डिजाइनसम्मको काम गरिसकेके उनी बताउँछन्। २०७२ सालको भूकम्पपछि उनले उद्धार, राहत वितरण र पुनःनिर्माणको काम गरेका थिए। आफूले अहिलेसम्म गरेको कामको अनुभव र देखेको राजनीतिक र सामाजिक परिस्थितिका कारण मेयर भएर विकासका काम गर्ने सोच बनाएको उनी बताउँछन्। 

‘मेरो भिजन, योजना र अजेण्डा आउन बाँकी छन्,’ बालेन भन्छन्, ‘हामी युवा भनेको जोश मात्रै होइन्, अध्ययन हो, अनुभव हो। हामीमाथि त्यत्तिकै भरोसा गर्न म भन्दिनँ। सक्षम लाग्छ भने भोट दिने हो, जबर्जस्ती भोट दिनुपर्छ भन्ने छैन्।’

बालेन राजनीतिमा नयाँ हुन्, तर काँचा होइनन्। इन्जिनियरिङ पढ्दा ताका नै उनले विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका थिए। उनी भन्छन्, ‘इन्जिनियरिङमा अलिअलि राजनीति गरेको पनि थिएँ। त्यहाँ राम्रो गर्नेलाई दबाब आउँछ। देशको जस्तै अवस्था त्यहाँ पनि छ।’

३३ वर्षीय बालेन आफूलाई राजनीतिभन्दा बाहेकबाट भएको आम्दानीबाटै पर्याप्त पुग्ने हुनाले सेवाको भावनाले यो क्षेत्रमा लाग्न लागेको बताउँछन्। ‘मेरो दायाँबायाँ हिँड्दा पैसा आउँछ,’ बालेन भन्छन्, ‘मलाई पैसा कमाउन समस्या छैन्। कामदेखि गायन सबैतिरबाट पैसा आउँछ। नाम दाम दुवै छ। सबैथोक भएको मान्छे राजनीतिमा आउने होइन र? हाम्रो देशमा अन्तिममा केही नहुँदा राजनीतिमा आउने भन्ने छ। तर, म सबैथोक भएकाले राजनीतिमा आएको हुँ।’

बालेन आफू युवा भएको वा चर्चित भएकाले भोट मागेर मेयरमा उठ्न चाहना नगरेको बताउँछन्। उनी आफूभन्दा सक्षम कोही आएर अनुरोध गरेमा उम्मेदवारी नदिने बताउँछन्। बालेन भन्छन्, ‘विनोद चौधरीजस्ता मान्छे पैसा कमाएपछि नाम कमाउन राजनीतिमा आएका छन्। मैले त दाम र नाम दुवै कमाएको छु। युवा हुँ, डिग्री छ। ६५ जिल्लामा काम गरेको अनुभव बटुलेको छु। देशको राजनीति र समाज बुझेको छु। मलाई लाग्छ, म आफूले घोषणा गर्ने पदका लागि सक्षम छु।’

बालेन आफूले काठमाडौंमा थुप्रै समस्याहरु देखेका छन्। केही दिनपछि सार्वजनिक गर्ने आफ्नो अजेण्डा र भिजनमा विस्तृत उल्लेख गर्ने उनले बताए। ‘म इञ्जिनियर हुँ, समाजको बारेमा गीत गाउँछु, मेरो मन असल छ,’ बालेन भन्छन्, ‘मैले उम्मेदवारीको घोषणा गर्नका लागि यति नै काफी छ।’

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश बुधबार, भदौ ३१, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, भदौ ३१, २०८३
मन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द बुधबार, भदौ ३१, २०८३
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी बुधबार, भदौ ३१, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्