• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

र्‍यापर बालेन काठमाडौं मेयरको उम्मेदवार बन्ने घोषणा, कलाकारहरूको समर्थन

64x64
नेपाल लाइभ मंगलबार, पुस १३, २०७८  १५:०८
1140x725

काठमाडौं– ‘नेता जति सबै चोर देश लुटी खा’ छन्,
खाने बेला एक, गर्ने बेला फुटिरा’छन्
नांग्रेस, नेमाले, नाओवादी
सबै मिली देश खाउँ बाँडी हामी’

यी शब्द गत वर्ष र्‍यापर बालेन (बालेन शाह)ले सार्वजनिक गरेको ‘बलीदान’ बोलको गीतका हुन्। बालेनले आफ्ना अन्य गीतमा जस्तै यसमा पनि देशको सामाजिक र राजनीतिक अवस्थामाथि टिप्पणी गरेका छन्। राजनीतिक दलहरूले जनताका लागि नभएर स्वयं आफ्नो लागि मात्रै सोच्ने गरेको भन्दै उनले यो गीतमा असन्तुष्टि पोखेका छन्।

एक वर्षअघि सार्वजनिक भएको उक्त गीत अहिले फेरि चर्चामा छ। कारण  हो– बालेनको काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा। अहिले गीतको भिडियो युट्युबमा हेर्नेहरुले कमेन्ट गरेका छन्, ‘बालेनले मेयरमा उठ्छु भनेपछि यो गीत सुन्न आएँ।’

बालेनले केही दिनअघि आफू काठमाडौंको मेयरमा उम्मेदवार बन्ने घोषणा गरे। लगत्तै गायक तथा संगीतकार स्वप्निल शर्माले आफू ‘बालेनको झोला बोक्न तयार भएको’ भन्दै सामाजिक सञ्जालमार्फत उनको समर्थन गरे। अभिनेता निश्चल बस्नेतले पनि सामाजिक सञ्जालमा स्टेटस लेख्दै उनको समर्थन गरे। ‘बालेन केही गर्छु भनेर युवा जोशसहित राजनीतिमा आउन खोजेको’ भन्दै उनले प्रशंसा गरेका छन्। फेसबुक र ट्विटरमा बालेनका लागि #BalenForMayor #AbaYuvaKoPalo जस्ता ह्यासट्याग प्रयोग भइरहेका छन्।

‘मलाई मेयर बन्ने सोच ब्याचलर्स पढ्दादेखि नै आएको थियो,’ बालेन भन्छन्, ‘म काठमाडौंको मतदाता भएकाले काठमाडौंबाटै मेयरमा उठ्न लागेको हुँ। ७५३ स्थानीय तहमा ७० जना युवा उठ्ने हो भने क्रान्ती आउँछ। त्यही क्रान्तिको लागि मैले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेको हुँ।’

बालेनले मेयरमा उठ्ने घोषणा गरेसँगै उनको चर्चा चुलिएको छ। पेशाले इञ्जिनियर र रुचिले गायक रहेका उनी राजनीतिमा हेलिन लागेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने बताएका छन्।

मेयरमा उठ्न अहिले आफ्नो दृष्टिकोण र अजेन्डा निर्माण गरिरहेको उनले बताएका छन्। ‘फोहोर व्यवस्थापनदेखि ट्राफिक व्यवस्थापनसँगै काठमाडौंका नगरबासीको हितमा के गर्न सकिन्छ भन्ने विषयमा गृहकार्य गरिरहेको छु,’ उनी भन्छन्।

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेनले संगीत क्षेत्रमा बाल्यकालबाटै प्रवेश गरे। ९ कक्षामा हुँदा उनले ‘सडक बालक’ बोलको गीत लेखेका थिए। स्नातकमा पढ्दा मात्र उक्त गीत सार्वजनिक गरे। सडकमा बस्ने बालबालिकाप्रति हुने विभेद र सामाजिक असमानता उनले गीतमा प्रस्तुत गरेका छन्। त्यसपछि, ‘आम नेपाली बुबा’, ‘प्रहरी प्रतिकार’, ‘नेपाल हाँसेको’जस्ता गीत निकाले, जसमा देशको सामाजिक र राजनीतिक अवस्थाको चित्रण गरिएको छ।

Ncell 2
Ncell 2

र्‍यापर बालेनलाई चिनाउने उनको जीवनको पाटो हो। उनले इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्। आफू ६५ जिल्ला पुगेर विभिन्न योजनादेखि संरचना डिजाइनसम्मको काम गरिसकेके उनी बताउँछन्। २०७२ सालको भूकम्पपछि उनले उद्धार, राहत वितरण र पुनःनिर्माणको काम गरेका थिए। आफूले अहिलेसम्म गरेको कामको अनुभव र देखेको राजनीतिक र सामाजिक परिस्थितिका कारण मेयर भएर विकासका काम गर्ने सोच बनाएको उनी बताउँछन्। 

‘मेरो भिजन, योजना र अजेण्डा आउन बाँकी छन्,’ बालेन भन्छन्, ‘हामी युवा भनेको जोश मात्रै होइन्, अध्ययन हो, अनुभव हो। हामीमाथि त्यत्तिकै भरोसा गर्न म भन्दिनँ। सक्षम लाग्छ भने भोट दिने हो, जबर्जस्ती भोट दिनुपर्छ भन्ने छैन्।’

बालेन राजनीतिमा नयाँ हुन्, तर काँचा होइनन्। इन्जिनियरिङ पढ्दा ताका नै उनले विद्यार्थी राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएका थिए। उनी भन्छन्, ‘इन्जिनियरिङमा अलिअलि राजनीति गरेको पनि थिएँ। त्यहाँ राम्रो गर्नेलाई दबाब आउँछ। देशको जस्तै अवस्था त्यहाँ पनि छ।’

३३ वर्षीय बालेन आफूलाई राजनीतिभन्दा बाहेकबाट भएको आम्दानीबाटै पर्याप्त पुग्ने हुनाले सेवाको भावनाले यो क्षेत्रमा लाग्न लागेको बताउँछन्। ‘मेरो दायाँबायाँ हिँड्दा पैसा आउँछ,’ बालेन भन्छन्, ‘मलाई पैसा कमाउन समस्या छैन्। कामदेखि गायन सबैतिरबाट पैसा आउँछ। नाम दाम दुवै छ। सबैथोक भएको मान्छे राजनीतिमा आउने होइन र? हाम्रो देशमा अन्तिममा केही नहुँदा राजनीतिमा आउने भन्ने छ। तर, म सबैथोक भएकाले राजनीतिमा आएको हुँ।’

बालेन आफू युवा भएको वा चर्चित भएकाले भोट मागेर मेयरमा उठ्न चाहना नगरेको बताउँछन्। उनी आफूभन्दा सक्षम कोही आएर अनुरोध गरेमा उम्मेदवारी नदिने बताउँछन्। बालेन भन्छन्, ‘विनोद चौधरीजस्ता मान्छे पैसा कमाएपछि नाम कमाउन राजनीतिमा आएका छन्। मैले त दाम र नाम दुवै कमाएको छु। युवा हुँ, डिग्री छ। ६५ जिल्लामा काम गरेको अनुभव बटुलेको छु। देशको राजनीति र समाज बुझेको छु। मलाई लाग्छ, म आफूले घोषणा गर्ने पदका लागि सक्षम छु।’

बालेन आफूले काठमाडौंमा थुप्रै समस्याहरु देखेका छन्। केही दिनपछि सार्वजनिक गर्ने आफ्नो अजेण्डा र भिजनमा विस्तृत उल्लेख गर्ने उनले बताए। ‘म इञ्जिनियर हुँ, समाजको बारेमा गीत गाउँछु, मेरो मन असल छ,’ बालेन भन्छन्, ‘मैले उम्मेदवारीको घोषणा गर्नका लागि यति नै काफी छ।’

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १५:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्