• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ११, २०८२ Tue, Oct 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

धितोपत्र बोर्डको अध्यक्ष छान्न ‘कांग्रेस–माओवादी लफडा’ बन्यो बाधक 

64x64
सुमित्रा कार्की मंगलबार, पुस १३, २०७८  १८:०१
1140x725

काठमाडौं– गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र गठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र)बीच आफू निकटस्थलाई अध्यक्ष नियुक्त गर्ने हानथापले नेपाल धितोपत्र बोर्ड चार महिनादेखि नेतृत्वविहीन भएको छ। 

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्तीमा परेका थिए।

पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले अध्यक्ष छनोट समितिको लागि संयोजक तोकेर पठाउन राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ। तर, अर्थमन्त्री जनार्दन शर्मा र योजना आयोग उपाध्यक्ष विश्वराज पौडेलबीच समिति संयोजक तोक्ने सम्बन्धमा विवाद भएपछि यो प्रक्रिया रोकिएको छ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार पौडेल आफैँ समिति संयोजक हुन चाहेका छन्। पौडेललाई नेपाली कांग्रेसको कोटामा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष नियुक्त गरेका हुन्। यसअघि मन्त्रालयले उनैलाई संयोजक बनाउँदा समिति विवादित भएको थियो। 

तर, मन्त्री शर्माले योजना आयोगबाट माओवादी निकटलाई संयोजक बनाउन चाहेका छन्। यही विवादका कारण समिति गठन हुन नसकेको हो।

बोर्ड अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले यसअघि पनि समिति गठन गरेको थियो। उक्त समितिले अध्यक्षका लागि आवेदन खुलाएको थियो। १२ जनाको आवेदन पनि परेको थियो। तर, अर्थ मन्त्रालयले ऐनअनुसार समिति गठन नगरेको भन्दै विरोध भएपछि उक्त समिति खारेज भयो। त्यसपछि नयाँ समिति गठनका लागि मन्त्रिपरिषदले नै योजना आयोगलाई संयोजक पठाउन पत्र पठाएको हो।

अर्थ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘मन्त्रिपरिषद् बैठकले अध्यक्ष छनोटको लागि निर्णय गरिसकेको छ। एक महिना अगाडि मन्त्रिपरिषद् बैठकले समिति छनोटको लागि योजना आयोगलाई फाइल पठाएको हो। तर, आयोगले अहिलेसम्म कसलाई समितिको संयाजक बनाउने भनेर निर्णय गर्न सकेको छैन।’

यसरी छनोट गरिन्छ धितोपत्र बोर्ड अध्यक्ष
नेपाल धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगको पुँजी बजार तथा वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञसहितको समिति गठन गर्नुपर्छ। अर्थ मन्त्रालयले यसअघि गठन गरेको समिति सोही प्रावधानविपरीत भएको भन्दै विरोध भएको थियो। कात्तिक पहिलो साता अर्थमन्त्रीस्तरीय निर्णयबाट बनेको समिति खारेज भएपछि नयाँ समिति गठनको प्रक्रिया अघि बढेको छ।

Ncell 2
Ncell 2

अघिल्लो समितिमा योजना आयोगका उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्य डा नारायणप्रसाद पौडेल सदस्य थिए। पौडेललाई संयोजक राख्ने कार्य ऐनविपरीत भएको भन्दै विरोध भएको थियो। ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफाबमोजिम अध्यक्षको नियुक्ति हुनेछ।’

सोही दफाको उपदफा-२ ले अध्यक्षको योग्यता निर्धारण गरेको छ। उक्त उपदफामा भनिएको छ- ‘नेपाल सरकारले अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभवी प्रतिष्ठित व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ।’

अब बन्ने समितिमा अर्थसचिव मधु मरासिनी नै रहने र विज्ञको रुपमा डा.दिलनाथ दंगाल रहने मन्त्रालय स्रोतले जनाएको छ। अब राष्ट्रिय योजना आयोगले संयोजक तोकेपछि समितिले पूर्णता पाउने छ।

स्टक एक्स्चेन्ज सीईओ पनि छनोट प्रक्रियामा छ : अर्थ मन्त्रालय
नेपाल स्टक एक्स्चेन्ज पनि चार महिनादेखि कार्यकारी निर्देशकविहीन छ। बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका तत्कालीन कार्यकारी अधिकृत चन्द्रसिंह साउद दुवै जनालाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद गरेको आरोप लागेको थियो। यसकारण सीईओ साउदले राजीनामा दिएका थिए। नेप्सेको सीईओ छनोट प्रक्रिया अगाडि बढिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

सीईओ नियुक्तिको प्रक्रिया भने मन्त्रालयले गठन गरेको अघिल्लो समितिले नै अगाडि बढाएको छ। सीईओका लागि समितिले आवेदन मागेको थियो। जसअनुसार १२ जनाले आवेदन दिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
तिहार बिदामा पनि बैङ्किङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह त्यसैगरी राष्ट्र बैङ्कले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन ह... शनिबार, कात्तिक १, २०८२
नेप्सेमा ४४.२५ अंकको वृद्धि, ४ अर्ब ९७ करोडको कारोबार दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ। सोमबार, असोज २७, २०८२
१११ अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमामा भारी गिरावट सुरुवाती कारोबारका क्रममा बजार उथलपुथल भए पनि साढे ११ बजेपछि उकालो लागेको नेप्से अन्तिम समयसम्म कायम रह्यो। ९ अर्ब १७ करोडको कारोबार... आइतबार, असोज ५, २०८२
ताजा समाचारसबै
देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह सोमबार, कात्तिक १०, २०८२
जनसंघर्षमा उत्रियो नेकपा, यस्ता छन् कार्यक्रम सोमबार, कात्तिक १०, २०८२
उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा सोमबार, कात्तिक १०, २०८२
अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति सोमबार, कात्तिक १०, २०८२
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्