• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

धितोपत्र बोर्डको अध्यक्ष छान्न ‘कांग्रेस–माओवादी लफडा’ बन्यो बाधक 

64x64
सुमित्रा कार्की मंगलबार, पुस १३, २०७८  १८:०१
1140x725

काठमाडौं– गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र गठबन्धनकै अर्को घटक नेकपा (माओवादी केन्द्र)बीच आफू निकटस्थलाई अध्यक्ष नियुक्त गर्ने हानथापले नेपाल धितोपत्र बोर्ड चार महिनादेखि नेतृत्वविहीन भएको छ। 

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्तीमा परेका थिए।

पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले अध्यक्ष छनोट समितिको लागि संयोजक तोकेर पठाउन राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ। तर, अर्थमन्त्री जनार्दन शर्मा र योजना आयोग उपाध्यक्ष विश्वराज पौडेलबीच समिति संयोजक तोक्ने सम्बन्धमा विवाद भएपछि यो प्रक्रिया रोकिएको छ।

अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार पौडेल आफैँ समिति संयोजक हुन चाहेका छन्। पौडेललाई नेपाली कांग्रेसको कोटामा प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष नियुक्त गरेका हुन्। यसअघि मन्त्रालयले उनैलाई संयोजक बनाउँदा समिति विवादित भएको थियो। 

तर, मन्त्री शर्माले योजना आयोगबाट माओवादी निकटलाई संयोजक बनाउन चाहेका छन्। यही विवादका कारण समिति गठन हुन नसकेको हो।

बोर्ड अध्यक्ष छनोटका लागि अर्थ मन्त्रालयले यसअघि पनि समिति गठन गरेको थियो। उक्त समितिले अध्यक्षका लागि आवेदन खुलाएको थियो। १२ जनाको आवेदन पनि परेको थियो। तर, अर्थ मन्त्रालयले ऐनअनुसार समिति गठन नगरेको भन्दै विरोध भएपछि उक्त समिति खारेज भयो। त्यसपछि नयाँ समिति गठनका लागि मन्त्रिपरिषदले नै योजना आयोगलाई संयोजक पठाउन पत्र पठाएको हो।

अर्थ मन्त्रालयका ती अधिकारी भन्छन्, ‘मन्त्रिपरिषद् बैठकले अध्यक्ष छनोटको लागि निर्णय गरिसकेको छ। एक महिना अगाडि मन्त्रिपरिषद् बैठकले समिति छनोटको लागि योजना आयोगलाई फाइल पठाएको हो। तर, आयोगले अहिलेसम्म कसलाई समितिको संयाजक बनाउने भनेर निर्णय गर्न सकेको छैन।’

यसरी छनोट गरिन्छ धितोपत्र बोर्ड अध्यक्ष
नेपाल धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगको पुँजी बजार तथा वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र बजार विज्ञसहितको समिति गठन गर्नुपर्छ। अर्थ मन्त्रालयले यसअघि गठन गरेको समिति सोही प्रावधानविपरीत भएको भन्दै विरोध भएको थियो। कात्तिक पहिलो साता अर्थमन्त्रीस्तरीय निर्णयबाट बनेको समिति खारेज भएपछि नयाँ समिति गठनको प्रक्रिया अघि बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अघिल्लो समितिमा योजना आयोगका उपाध्यक्ष पौडेलको संयोजकत्वमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्य डा नारायणप्रसाद पौडेल सदस्य थिए। पौडेललाई संयोजक राख्ने कार्य ऐनविपरीत भएको भन्दै विरोध भएको थियो। ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा, अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति रहनेछ र सो समितिको सिफारिसमा यस दफाबमोजिम अध्यक्षको नियुक्ति हुनेछ।’

सोही दफाको उपदफा-२ ले अध्यक्षको योग्यता निर्धारण गरेको छ। उक्त उपदफामा भनिएको छ- ‘नेपाल सरकारले अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभवी प्रतिष्ठित व्यक्तिहरुमध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्नेछ।’

अब बन्ने समितिमा अर्थसचिव मधु मरासिनी नै रहने र विज्ञको रुपमा डा.दिलनाथ दंगाल रहने मन्त्रालय स्रोतले जनाएको छ। अब राष्ट्रिय योजना आयोगले संयोजक तोकेपछि समितिले पूर्णता पाउने छ।

स्टक एक्स्चेन्ज सीईओ पनि छनोट प्रक्रियामा छ : अर्थ मन्त्रालय
नेपाल स्टक एक्स्चेन्ज पनि चार महिनादेखि कार्यकारी निर्देशकविहीन छ। बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका तत्कालीन कार्यकारी अधिकृत चन्द्रसिंह साउद दुवै जनालाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद गरेको आरोप लागेको थियो। यसकारण सीईओ साउदले राजीनामा दिएका थिए। नेप्सेको सीईओ छनोट प्रक्रिया अगाडि बढिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सीईओ नियुक्तिको प्रक्रिया भने मन्त्रालयले गठन गरेको अघिल्लो समितिले नै अगाडि बढाएको छ। सीईओका लागि समितिले आवेदन मागेको थियो। जसअनुसार १२ जनाले आवेदन दिएको स्रोतले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्