• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार १६, २०८३ Tue, Jun 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाधिवेशनको भीडमा बेपत्ता दुई छोरा खोजिरहेका भीमबहादुर

64x64
रासस मंगलबार, पुस १३, २०७८  ११:१३
1140x725
छोराहरु सुरेन्द्र र वीरेन्द्रसँग भीमबहादुर। तस्बिर : रासस

काठमाडौं- झापाका भीमबहादुर बस्नेतले जीवनको सात दशकको यात्रामा अनेकन हण्डर ठक्कर व्यहोरे। जीवन व्यवहार सिके। तर, कहिल्यै निराश भने हुनु परेन। पाँच भाइ छोरा जन्मँदा उनलाई संसारकै सबैभन्दा बढी खुशी मिलेको थियो। किनकि, प्रकृतिको वरदानरुपी सन्तान कुनचाहिँ बाबुलाई घटीबढी लाग्ला र?   

आफूलाई भन्दा बढी माया गरेको छोराहरू सामन्ती सत्ताले बेपत्ता पारिदिँदा कुन बाबु चैनले निदाउन सक्ला र? भीमबहादुरलाई पनि यस्तै भएको थियो। माइलो पुष्पराज र कान्छो धीरेन्द्र बस्नेत विसं २०६० मंसिरदेखि बेपत्ता छन्। न त लाश देखियो, न तिनको सास नै भेटियो।

सत्ताका विरुद्ध आवाज उठाएकै कारण, राज्यका विरुद्ध विद्रोहको झण्डा बोकेकै कारण बेपत्ता पारिएका छोराहरूले रोजेको बाटो अँगाल्न एउटा बाबु अभिशप्त भयो। तत्कालीन शाही सेनाको भैरवनाथ गणबाट बेपत्ता भएका छोराको पदचाप पछ्याउँदै जाँदा भीमबहादुरलाई दह्रो हृदय भएको बाबु बनाइदियो। छोराको खोजीमा काठमाडौँका सडक नाघ्दा आइपरेको हैरानी अझै भुल्नुभएको छैन उनले। तत्कालीन शाही सेनाको ब्यारेकदेखि मानवअधिकार आयोगसम्मको म्यारथुन दौड धेरै पुरानो भएको छैन। 

विस्तृत शान्ति सम्झौता भएको पनि लामो समय भयो। तर, भैरवनाथ गणबाट हराएका छोरा फर्केर आएका छैनन् अझै। सम्झौतामा ६० दिनभित्र पुष्पराज र धीरेन्द्रजस्तै बेपत्ता छोराछोरीको अवस्था पत्ता लगाउने उल्लेख भए पनि त्यो दिन कहिल्यै आएन। राजनीतिक व्यवस्था बदलियो, तर अवस्था भने बदलिएन।

न त पुष्पराजले बा भन्दै बोलाउँदै आए। न कान्छा धीरेन्द्र मुस्कुराउँदै आए। २७ महिना बेपत्ता भएको वीरेन्द्र फर्केर आए। यातना, पीडा र ज्यादति भोगेर नाफाको जिन्दगी लिएर वीरेन्द्र फर्केजस्तै दुई भाइ पनि आउलान् कि भन्ने झिनो आश छ अझै पनि उनलाई।

एउटा बाबु, अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ। छोरो त फर्केर आएन आएन। तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले। उनी लगातार लागिपरिहेकै छन्। किनकी सन्तानको मायाभन्दा ठूलो संसारका अरु कुनै माया छैन। त्यस्तै माया छ भीमबहादुरलाई माओवादी पार्टीको। 

राजधानीमा नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ। महाधिवेशनमा त्यही बुवा भीमबहादुर पनि सल्लाहकार समितिको सदस्यका रूपमा प्रतिनिधिका रूपमा उपस्थित छन्। महाधिवेशनमा साइलो छोरा सुरेन्द्र र काइलो वीरेन्द्र पनि सँगै प्रतिनिधि छन्। उपत्यका विशेष प्रदेशको सचिवका रूपमा सुरेन्द्र महाधिवेशनमा प्रतिनिधि छन्। अखिल (क्रान्तिकारी)को पूर्वउपाध्यक्षको जिम्मेवारीमा थिए सुरेन्द्र। यस्तै क्रान्तिकारीको महासचिवको भूमिका निर्वाह गरेका वीरेन्द्र प्रदेश १ को प्रदेश सदस्यसँगै प्रतिनिधि छन्। 

तर भीमबहादुरलाई महाधिवेशनको हलमा पुष्पराज र धीरेन्द्र पनि भेटिन्छ कि जस्तो लाग्छ। पार्टी नेतृत्वलाई एउटा महाधिवेशन प्रतिनिधिका रूपमा यही प्रश्न सोध्न मन छ, उनलाई । जेठा छोरा तीर्थराज पनि माओवादीकै राजनीतिमा सक्रिय छन्।‍ तीर्थराज दमक नगरसमितिको सचिवका रूपमा कार्यरत छन्। देशमा राजनीतिक परिवर्तन भयो। शाही सेना चलाउने राजतन्त्र इतिहास भयो। माओवादी शान्ति प्रक्रियामा आयो। गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व पनि लागू भयो। 

nimb
nimb
Ncell 2
Ncell 2

विसं २०२८ को झापा विद्रोह फैलिएको जिल्लाका बासिन्दा रहेका बस्नेतका छिमेकी केपी शर्मा ओली माओवादी अध्यक्ष प्रचण्डको समर्थन र सहयोगमा दुई–दुई पटक प्रधानमन्त्री पनि बने। छिमेकी नै प्रधानमन्त्री भएपछि त बेपत्ता भएका छोरा फर्केलान् कि भन्ने आश थियो उनलाई । तर दुई–दुईपटक जनप्रतिनिधि थलो प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनको यात्रामा ओली लागे भन्नेमा भीमबहादुर अरुहरूजस्तै सहमत छन्। 

माओवादी झण्डामा विद्रोहको गीत गाउन लगाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईपटक प्रधानमन्त्री बन्दा पनि त्यस्तै आशा थियो। तर राजनीति चक्रव्यूहमा फसेपछि न त बेपत्ताहरू फर्किएर आए, न शान्ति सम्झौतामा भनिएको ६० दिन नै आयो। 

जे भए पनि पार्टीको गति र मति सुधार्ने लक्ष्यका साथ ७१ वर्षको उमेरमा पनि भीमबहादुर लागिपरेका छन्। सल्लाहकारको हैसियतमा पार्टीलाई राम्रो बनाउने सपना छ भीमबहादुरको। जनताको सपना, जनयुद्धको आर्दश नेतृत्वलाई सम्झाउने चाहना छ। महाधिवेशन कर्मकाण्डमा परिणत नहोस् भन्ने सदीक्षा पनि छ। माओवादीको आदर्श कहाँ कसरी चुकेको हो त भन्ने सवालको जवाफ खोज्ने मन छ उनलाई। 

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र बेपत्ताको खोजी गर्ने विषय कहिले पूरा हुन्छ भन्ने सोध्ने चाहना छ उनलाई। सोमबार दिनभर कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन सुनेपछि भने उनलाई पार्टी सप्रिन्छ कि भन्ने लागेको छ। 

सुरेन्द्रका अनुसार बुबाको सदीक्षा भनेको पार्टीले सहिद, बेपत्ता र घाइते योद्धाको सपना नभुलोस् र ती वर्गको पक्षमा उभियोस् भन्ने नै चाहना हो। “हामी छोराहरूमा भन्दा उहाँको बुझ्ने शैली अझै परिपक्व छ। वर्ग र धरातल पार्टीले नभुलोस् भन्ने बुवाको चाहना छ” उनले भने। 

बेपत्ता परिवार समाज सहसंयोजकको भूमिकामा समेत रहेर काम गरेका भीमबहादुर शान्ति प्रक्रियाका कामले पूर्णता पाओस्, हराएकाहरूको अवस्था पत्ता लागोस् र त्यसमा पार्टी नेतृत्वले विशेष ध्यान देओस् भन्ने चाहन्छन्। अनुहारमा बुढ्यौलीको रेखाले छोपे पनि माओवादीलाई बुढ्यौली नलागोस्, सधैँ युवा नै भइरहोस्, देश जनता र परिवर्तनको सपना पूरा गर्नेमा केन्द्रित होस् भन्ने उनको चाहना छ। 

सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुन लागेको छ। सो छलफलमा समेत भीमबहादुरले आफ्ना यस्तै धारणा राख्ने सोच बनाएका छन्। त्यसो त अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सहिद, बेपत्ता योद्धालाई सम्मान गर्न सबै स्तरका पार्टी समिति, जबस मोर्चा विभागले नियमित कार्यक्रम गर्नुका साथै आ–आफ्नो ठाउँबाट राज्यको तर्फबाट समेत समुचित सम्मानको व्यवस्थाका निमित्त दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। 

यस्तै प्रतिवेदनमा शान्ति प्रक्रियाका बाँकी काम मुख्यतः सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी काम टुङ्गो लगाउन भइरहेको ढिलाइका विरुद्ध सबैतिरबाट आवाज उठाउनुका साथै यसमा सहमत हुने सबै राजनीतिक र सामाजिक सङ्घसंस्था एवं अन्तर्राष्ट्रिय सहयोगीसँग समेत सहकार्य गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार यसलाई अविलम्ब टुङ्गोमा पुर्‍याउने विषय समेटिएको छ । 

प्रदेश १ कमिटी सदस्यसमेत रहेका वीरेन्द्रका अनुसार माओवादीको काँधमा अहिलेको राजनीतिक कोर्षलाई फरक ढङ्गबाट लैजाने गरी महाधिवेशनले कार्यदिशा तय गर्नुपर्ने जिम्मेवारी आएको छ। समाजको सङ्कटलाई हल गर्न अब माओवादीले अहिलेसम्मको निरन्तरतामा ब्रेक गरेर नयाँ निरन्तरतामा जानुपर्ने उनको भनाइ छ। उनका अनुसार पार्टीले ल्याउने नीति–कार्यक्रममा समृद्धि र स्थायित्वको एजेण्डा हुनुपर्ने छ। 

दाइ र भाइले रोजेको मुक्तिको बाटोमा नै हिँडिरहेका सुरेन्द्र र वीरेन्द्रसँगै पिता भीमबहादुरको एउटै आश छ- माओवादी माओवादी नै रहिरहोस्। जनताको अग्रदस्ता बनिरहोस्। परिवर्तनको एजेण्डा बनिरहोस्। जनताको जीवनस्तरमा पनि परिवर्तन ल्याओस्। आठौँ महाधिवेशनले त्यही दिशानिर्देश गरोस्। भीमबहादुरहरूजस्तै छोराछोरी बेपत्ता पारिएका मातापिताले कहिलेसम्म आँशु पिएर बाँच्नुपर्ने हो? माओवादी नेतृत्वले कहिले देला चित्तबुझ्दो जवाफ ? सवाल जति महत्वपूर्ण छ जवाफ पनि उत्तिकै महत्वपूर्ण छ।

  • रमेश लम्साल/रासस

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ स्कुलले २०२५ सालमा अधिग्रहण गरेको जग्गा त्रुटिवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यो जग्गा व्य... सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्ध... सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन विश्वविद्यालय अनुदान आयोगको पत्र र शिक्षा तथा खेलकुद मन्त्रालयको पत्र अनुसार त्रिविले सूचना जारी गरेको हो । सोमबार, असार १५, २०८३
ताजा समाचारसबै
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नु अनुरोध सोमबार, असार १५, २०८३
राहदानी प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश सोमबार, असार १५, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
सरकारी सवारीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै सांसदको आपत्ति सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्