• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

किन ओझेलमा पारियो द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्ने विशेष अदालत गठनको विषय?

64x64
दुर्गा दुलाल बिहीबार, पुस १५, २०७८  ०९:११
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै द्वन्द्वकालीन मुद्दाहरुलाई अब किनारा लगाइने दाबी गरे। माओवादी कार्यकर्तालाई साक्षी राखेर उनले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले गरेको कामलाई टुंग्याउने बताए।

‘शान्ति प्रक्रियाका काम बाँकी छन्। यसलाई पूरा गराएर सदाका लागि स्थायी शान्ति निर्माण गर्नेतर्फ हामी जानेछौं,’ देउवाले भनेका थिए। उनीपछि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि द्वन्द्वकालीन मुद्दा सम्बोधन हुने बताए।  

देउवा र प्रचण्ड दुवै द्वन्द्वकालका सरोकारवाला नेता हुन्। अहिले कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार छ भने माओवादी सत्ताको प्रमुख घटक हो। २०६३ को विस्तृत शान्ति सम्झौतापछि माओवादी अहिले पहिलो पटक सरकारमा सहभागी भएको भने होइन। 

१५ वर्षको अवधिमा ११ वर्ष सरकारमा गएको माओवादीले हरेक पटक शान्ति प्रक्रियाबारे भावुक कुरा उठाउने, तर सम्बोधन नगर्ने गर्दै आएको छ। प्रचण्डले सत्तामा गएपिच्छे यसलाई सम्झने गरे पनि टुंगोमा पुग्ने गरी काम गर्न र गराउन सकेका छैनन्।

२०५२ माघ २२ गते तत्कालीन संयुक्त जनमोर्चाका नेता डा. बाबुराम भट्टराईले देउवा नेतृत्वको सरकारसमक्ष ४० बुँदे माग बुझाएपछि तत्कालीन नेकपा माओवादीले हिंसात्मक विद्रोह सुरु गरेको थियो। २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गर्दै माओवादी १० वर्षे सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो।

२०७३ साउनमा एमालेसँग सरकारको सहकार्य गरेका प्रचण्डले केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव राख्दै प्रतिनिधि सभामा द्वन्द्वकालीन मुद्दालाई लिएर भावुक अभिव्यक्ति दिएका थिए। आफूहरुले बनाएको र संलग्नसमेत भएको सरकारले नै आफूहरुलाई द्वन्द्वकालीन मुद्दामा फसाउन खोजेको उनले आरोपसमेत लगाएका थिए।

प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर उनले भनेका थिए- ‘सरकारमा केपी ओलीजी बस्ने र बाहिरबाट मानव अधिकारवादी आफ्ना कार्यकर्ताहरु लगाएर हामीलाई द्वन्द्वकालीन मुद्दामा फसाउने दोहोरो खेल भइरहेकोप्रति हामी सचेत छौं। शान्ति प्रक्रियाको बाँकी कार्य सम्पन्न गर्न नेपाली कांग्रेससँग सहकार्य गर्न बाध्य हुनुपरेको हो।’ 

तर, नयाँ सरकारले पनि यी मुद्दा टुंगाेमा पुर्‍याउने गरी काम गरेन। यो अवधिमा द्वन्द्वकालीन मुद्दाको सम्बोधन गर्न गठन भएका दुई आयोगहरु दलका कार्यकर्तालाई जागिर खुवाउने ठाउँ मात्र भएका छन्। प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीले नै संक्रमणकालीन न्यायका संयन्त्रहरुलाई (दुवै आयोगलाई) आफ्ना कार्यकर्तालाई रोजगारी दिने थलो बनाएको भनेर आलोचना हुने गरेको छ। 

Ncell 2
Ncell 2

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको दफा २९ मा यस सम्बन्धि मुद्दा टुंग्याउन विशेष अदालत गठन हुने व्यवस्था छ। ऐनको उपदफा ४ मा पीडकउपर मुद्दा चलाउने निर्णय भएमा सरकारी वकिलले विशेष अदालतमा मुद्दा दर्ता गर्नुपर्ने भनिएको छ। यस्तो विशेष अदालत सरकारले गठन गर्ने व्यवस्था छ।

तर, हालसम्म विशेष अदालत गठनको पहल भएकै छैन। सरकारबाहिर रहँदा मात्र याद आउने संक्रमणकालीन न्यायको मुद्दा सरकारमा पुगेपछि बिर्सने र सर्वोच्च अदालतको आदेश अनुसार ऐन संशोधनको छलफल समेत नचलाउने कार्य सबै दलले गर्दै आएको पीडितहरूको आरोप छ। 

२०७३ सालको मस्यौदा कानुन मन्त्रालयमै हरायो 
२०७३ सालमा विशेष अदालत गठन सम्बन्धी छलफल सुरु भएको थियो। तत्कालीन महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले आफ्नो कार्यकालमा विशेष  अदालत गठनदेखि संक्रमणकालीन न्यायको कार्य अघि बढाउने सक्रियता देखाएका थिए। 

२०७३ कात्तिकमा द्वन्द्वकालीन मुद्दा सुनुवाइका लागि तीन सदस्यीय विशेष अदालत गठन गर्ने कानुनको मस्यौदा बनेको थियो। कानुन मन्त्रालयले निर्माण गरेको मस्यौदामा अदालतका बहुमत सदस्य राजनीतिक आधारमा नियुक्त हुने भनिएको थियो। तर, अहिले कानुन मन्त्रालयबाट उक्त मस्यौदा नै ‘गायब’ भएको छ। कानुन मन्त्रालयका एक अधिकृतका अनुसार पाँच वर्षअघि मस्यौदा निर्माण भएको थियो। तर, त्यसको कुनै कार्य अघि नबढेकाले कता हरायो भन्ने थाहा नभएको उनले बताए। 

के थियो मस्यौदामा? 
सरकारले निर्माण गरेको विशेष अदालत गठन मस्यौदा सर्वोच्च अदालतको फुलकोर्ट, महान्यायाधिवक्ता कार्यालय, न्याय परिषद्को सुझाव लिएर फेरि कानुन मन्त्रालय पुगेको थियो। उक्त अदालत गठन सम्बन्धी व्यवस्थामा तीनमध्ये अध्यक्ष उच्च अदालतबाट ल्याउने र अन्य दुई सदस्य बाहिरबाट नियुक्त गर्ने प्रस्ताव थियो। यसरी बाहिरबाट नियुक्त हुने व्यक्तिको योग्यता उच्च अदालतका न्यायाधीशसरह प्रस्ताव गरिएको थियो। 

द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने तीन सदस्यीय विशेष अदालतमा बहुमत सदस्य राजनीतिक आधारमा नियुक्त गर्नेगरी मस्यौदा बनेकोप्रति सर्वोच्च अदालतको फुलकोर्टले आपत्ति जनाएको थियो। विशेष अदालतमा न्यायाधीश नियुक्ति गर्ने अधिकार न्यायपरिषद्लाई हुने भनिए पनि दुई सदस्यमा राजनीतिक संलग्नता भएकै व्यक्ति सिफारिस गर्ने व्यवस्था विधेयकमा राखिँदा स्वतन्त्र नहुने फुलकोर्टको राय थियो। 

कात्तिक ८ मा सर्वोच्च अदालतको ‘फुलकोर्ट’ले द्वन्द्वकालीन मुद्दा सुनुवाइका लागि गठन हुने विशेष अदालतमा न्यायाधीश नियुक्त गर्ने बहानामा राजनीतिक कार्यकर्ता घुसाउने प्रयास भएको भन्दै आपत्ति प्रकट गरेको थियो। न्यायपरिषद्ले पनि उच्च अदालतमा कार्यरत न्यायाधीशलाई नै विशेष अदालतमा जिम्मेवारी दिनुपर्ने भनेको थियो।

तर, सरकारले अध्यक्ष उच्च अदालतका न्यायाधीशमध्येबाट बनाउने र अन्य दुई सदस्य आफूअनुकूल ल्याउने व्यवस्था विधेयकमा राखेको थियो। सरकारले जसरी पनि द्वन्द्वकालीन मुद्दा आफूअनुकूल फैसला गराउने उद्देश्यले अदालतमा न्यायाधीश नियुक्तिको विषयमा यस्तो व्यवस्था प्रस्ताव गरेको थियो। 

तर, यस्तो व्यवस्था स्वतन्त्र न्यायपालिकाको मान्यताविपरीत रहेकाले संशोधन गर्नुपर्ने सर्वोच्चको राय थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहित सर्वोच्चका सम्पूर्ण न्यायाधीश संलग्न फुलकाेर्टले द्वन्द्वकालीन मुद्दा हेर्न गठन हुने विशेष अदालतको संरचना, अधिकार र कार्यविधि सम्बन्धी मस्यौदामा संशोधन गर्न लिखित सुझाव दिएको थियो। 

न्याय निरुपण गर्ने निकाय विशेष अदालत संविधानअनुसार सर्वोच्च अदालत मातहत रहने व्यवस्था रहेकाले बाहिरबाट नभई कार्यरत न्यायाधीशलाई नै जिम्मेवारी दिनुपर्ने सुझाव फूलकाेर्टको थियो। न्यायिक परम्परा र मर्यादा बचाउन भन्दै फुलकोर्टले यस्तो सुझाव दिएको थियो। 

उच्च अदालतको मुख्य न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका व्यक्तिलाई सरकारले न्याय परिषद्सँगको परामर्शमा विशेष अदालतको अध्यक्ष र सदस्य नियुक्त गर्न सक्ने प्रस्ताव मस्यौदामा थियो। सरकारले सर्वोच्चमा पठाएको मस्यौदामा सबै सदस्य बाहिरबाट ल्याउन सकिने भनिएको थियो। तर, त्यसको विरोध भएपछि अध्यक्ष उच्च अदालतबाट ल्याउने र अन्य सदस्य सरकारको सिफारिसमा नियुक्त गर्ने व्यवस्था राखिएको हो। 

फुलकोर्टले मुद्दा फिर्ता लिने र क्षेत्राधिकार सम्बन्धी मस्यौदा प्रस्तावमा पनि सुधार गर्न भनेको थियो। सर्वोच्च अदालतले बालकृष्ण ढुंगेललगायत दर्जनौं मुद्दामा स्थापित नजिरविपरीत ऐन नबनाउन सुझाव दिएको थियो।

सरकारले अदालतमा विचाराधीन मुद्दा लैजान र द्वन्द्वकालीन मुद्दामा एकरुपता कायम गरी फैसला गर्न विशेष अदालत विधेयक मस्यौदा तयार गरेको थियो। मस्यौदामा मुद्दाको सुरु कारबाही र अन्तिम किनारा यही विशेष अदालतबाट हुने प्रस्ताव गरिएको थियो। विशेषमै सुरु इजलास र पुनरावेदन इजलास गरी दुईटा रहने, त्यहीँबाट मुद्दा अन्तिम हुने र सर्वोच्चले पुनरावेदन सुन्न नपाउनेजस्ता प्रावधान विधेयकमा प्रस्ताव गरिएको थियो। तर, राय सुझावपछि त्यसमा आंशिक संशोधन गर्दै सर्वोच्चमा पुनरावेदन लाग्ने बनाइएको थियो। 

मस्यौदा विधेयकले सशस्त्र द्वन्द्वकालीन अपराधमा दोषीलाई सजाय किटान नगरेको भन्दै सर्वोच्चले संशोधन गर्न सुझाव दिएको थियो। मस्यौदामा सशस्त्र द्वन्द्वकालीन मुद्दामा संक्रमणकालीन न्याय सिद्धान्त र अन्तर्राष्ट्रिय अभ्यास एवं मापदण्डका आधारमा दण्ड सजाय तोक्न सक्ने सुझाव दिइएको थियो। सर्वोच्चको फुलकोर्टले भने सजाय तोक्न अलग्गै ऐन  निर्माण गर्न सुझाएको थियो।

तर, सरकारले बनाएको विधेयक मस्यौदामा यति नै सजाय गर्ने भनेर किटान थिएन। यस्तो अवस्थामा दोषीले उन्मुक्ति पाउने अवस्था आउन सक्ने भन्दै सर्वोच्चले असहमति जनाएको थियो। विशेष अदालत विघटन भएपछि द्वन्द्वकालीन मुद्दामा अन्य अदालतमा उजुर नलाग्ने व्यवस्था प्रस्ताव गरिएकोप्रति पनि सर्वोच्चले संशोधन गर्न सुझाव दिएको थियो।

तत्कालीन महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले विशेष अदालत ऐन पीडकलाई चोख्याउने नभई सजाय दिने गरी बनाउन आफूले पहल गरेको तर, त्यसले विविध कारणले पूर्णता पाउन नसकेको बताए। अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसला र पीडितको आवाजलाई हेरेर मात्र संक्रमणकालीन मुद्दा किनारा लगाउन यसले पहल गरेको तर, सबै दलहरु एक ठाउँ हुन नसक्दा तत्कालीन समयमा त्यो असफल भएको उनले बताए।

उनले अब पनि विशेष अदालत गठन नभई नहुने भएकाले दलहरु यसमा केन्द्रित हुनुपर्ने बताए। ‘ऐनले विशेष अदालतमा मुद्दा चल्ने भनेको छ। कि त कानुन संशोधन गर्नुपर्‍यो। होइन भने व्यवस्था कार्यान्वयनमा जानुपर्छ’, उनले भने। 

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ०९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सडक आयोजनाले निकालेको सूचना अनुसार नागढुङ्गाबाट पिप्लामोडसम्म र पोखरेभिर क्षेत्रमा बिहान १०:३० बजेदेखि दिउँसो ३:३० बजेसम्म आवागमन बन... सोमबार, मंसिर २२, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी... सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा अनियमितता भएको मुद्दामा अधिकारीलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको हो । आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
पृथ्वी राजमार्गको नागढुंगा-मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सोमबार, मंसिर २२, २०८२
एनपिएल : आज विश्राम, कुनै खेल नहुने सोमबार, मंसिर २२, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
बर्दियाको राजापुरमा अज्ञात व्यक्तिद्वारा गोली हानी एक जनाको हत्या सोमबार, मंसिर २२, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै सोमबार, मंसिर २२, २०८२
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित आइतबार, मंसिर २१, २०८२
ईश्वर पोखरेल समूहले आज पत्रकार सम्मेलन गर्दै सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्