काठमाडौं- स्पाइडर म्यान फ्रेन्चाइजीको नयाँ फिल्म ‘स्पाइडर म्यान: नो वे होम’ विश्वभर कोरोना महामारीको समयमा बक्स अफिसबाट १ बिलियन डलर ( करिब १ खर्ब २० अर्ब भन्दा बढी) भन्दा धेरै कमाइ गर्ने पहिलो फिल्म बनेको छ। यसका साथै कमाइको मामलामा यो फिल्म २०२१ को सबैभन्दा ठूलो फिल्म बनेको छ।
यसले चीन कोरियाली युद्धमा बनेको फिल्म ‘द ब्याटल अफ लेक चांगजिन’ लाई पछाडि पारेको छ जसले विश्वभरबाट ९०५ मिलियन डलर भन्दा धेरै कमाइ गरेको थियो।
मिडिया डेटा एनालिटिक्स फर्म कमस्कोरका अनुसार यसअघि १ बिलियन डलरभन्दा धेरै कमाइ गर्ने फिल्म २०१९ मा ‘स्टार वर्स: द राइज अफ स्काईवाकर’ थियो।
दुई वर्ष पहिला महामारी सुरु भएसँगै कुनै अन्य हलिउड फिल्म स्टार वार्सको बक्स अफिस कलेक्शनको आस-पास पनि आउन सकेको थिएन।
यस फ्रेन्चाइजीको २०१९ फिल्म 'स्पाइडर-म्यान: फार फ्रम होम' बक्स अफिसमा एक बिलियन डलर कमाइको आँकडा तोड्ने पहिलो स्पाइडर-म्यान फिल्म थियो र अहिले कमस्कोरका अनुसार, वैश्विक टिकट बिक्रीमा १.१३२ बिलियन डलरका साथ फ्रेन्चाइजीमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।