काठमाडौं- भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। फिल्म प्रदर्शनमा आएसँगै दर्शक र समीक्षकले राम्रो प्रतिक्रिया दिएका छन्।
शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले दुई दिनमै ३१ करोड भारतीय रुपैयाँ बराबरको व्यापार गरेको छ। फिल्मले पहिलो दिन १५ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार १६ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। यसरी दुई दिनमा ‘८३’ले कूल ३१ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
कवीर खानले निर्देशन गरेको फिल्ममा रणवीर र दीपिकासँगै पंकज त्रिपाठी पनि मुख्य भूमिकामा छन्। १९८३ का भारतीय क्रिकेट टिमले जितेको विश्वकपको घटनामा आधारित रहेर फिल्म बनेको छ। त्यत्तिबेला भारतीय क्रिकेट टिमलाई कप्तान कपिल देवले विश्वकप जिताएका थिए।
फिल्ममा रणवीरले कपिल देवको भूमिका निभाएका छन् भने दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन्। पंकज त्रिपाठी फिल्ममा भारतीय त्रिकेट टिमका कोचको भूमिकामा देखिएका छन्। यी बाहेक फिल्ममा ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहिया, साहिल खट्टर, अम्मी विर्क, अदिनाथ कोठारे, धैर्य करवा आर बद्रीलगायतका कलाकारले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।