काठमाडौं- आज इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’। राजधानी काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा शुभकामना आदानप्रदान गरी आज क्रिसमस मनाइँदै छ।
क्रिसमसमा विशेषगरी इसाई धर्मावलम्बीका साथै अन्य समुदायका युवायुवतीहरुको समेत आकर्षण बढ्दै गएको देखिन्छ।
नेपालीहरुले आपसी सद्भाव र बन्धुत्वको भावनाका साथ यो पर्व मनाउने गरिन्छ।
क्रिसमसको अवसरमा राजधानीका सपिङ मल, पर्यटकीय स्थलहरुका पसल तथा होटलहरु सजाइएको छ। युवायुवतीहरु क्रिसमसको किनमेल र रमाइलोमा झुमिरहेका देखिन्छन्।
गएको दुई वर्ष कोरोना महामारीले यो पर्व मनाउन पाइएको थिएन। यस वर्ष भने सावधानी अपनाउँदै क्रिसमसलाई हर्षोल्लासका साथ मनाइरहेको पाइएको छ।
'क्रिसमस डे'मा राजधानीका विभिन्न स्थानमा देखिएका दृश्यहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।