काठमाडौं– ऋषिराज आचार्यको निर्देशनमा बनेको नेपाली फिल्म ‘चुरीफुरी’ आटबाट सिनेमा हलमा प्रदर्शनमा आएको छ। कमेडी विधाको यो फिल्म आज शुक्रबारबाट प्रदर्शनमा आएको हो।
जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने ठगीमा आधारित रहेको यो फिल्ममा मौलिक नेपाली कथालाई प्रस्तुत गरेको श्रषिराजले बताएका छन्। फिल्मको कथा र निर्माण आचार्यले नै गरेका हुन्।
हाल नेपाली फिल्म हलमा बलिउड र हलिउड फिल्म रिलिज भइरहँदा चुरीफुरीलाई मल्टिप्लेक्समा सिमित शोहरु मात्रै दिइएको छ।
फिल्ममा अविषेक श्रेष्ठ, पूजा पन्त, रवीन्द्र झा, दीपकराज आचार्य, सुवोध गौतम, शिशिर भण्डारी, सुरबीर पण्डित लगायतको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।