• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन १६, २०८३ Sat, Aug 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

कथाहरूको कथा

केशवराज ज्ञवाली शनिबार, पुस १०, २०७८  १८:३१
1140x725

यहाँसम्मको बाटो 
निकै सानोमा आमाले, मावलकी हजुरआमाले किसिमकिसिमका कथा हाल्नुहुन्थ्यो। उहिलेका  कुरा, भूतप्रेतका कुरा, चराचुरुङ्गीका कुरा। चराहरू बोल्थे, बादल, सूर्य, आकाश सबै कुरा गर्न आइपुग्थे। नयाँ-नयाँ कथा। लाग्थ्यो- कसैलाई थाहा नभएको कुरा ‘कथा’ हो।

अक्षर चिन्दै जाँदा र कक्षाको खुड्किला उक्लिँदै जाँदा धेरै नयाँ-नयाँ कथाहरूसँग परिचय बन्यो। ‘झगडाको ओखती’, ‘आफैँलाई बिर्संदा’, ‘महादेवले पनि हार्नुपरेछ’, ‘लालु र काल’ आदिआदि। कथा पढ्ने इच्छा यति तीव्र थियो कि तीन कक्षातिर पढ्दा दाजुहरूका कक्षा आठ, नौका पुस्तकमा कथाहरू खोज्न थालेको थिएँ। यो बानीले बिस्तारै पाठ्यक्रमभन्दा बाहिरका कथाहरू पढाउन थाल्यो।

कक्षा पाँचमा पढ्दा कथा लेखेर स्थानीय पत्रिकामा छाप्नको लागि त्यसको कार्यालयमा पुगेको थिएँ। सम्पादकले दुई रूपियाँ लिएर कथाको फोटोकपी गरेर फिर्ता दिए। नौ, दस वर्षको फुच्चेलाई लाग्यो, छाप्ने भनेको यही हो। फोटोकपी मेसिनबाट तातो कागजमा काला-काला अक्षरहरू ताँती लागेर निस्किँदा एकदम खुसीले  सास रोकिएला जस्तो भयो। त्यो कथा हरायो र सुरू भयो लेख्ने र हराउने क्रम।

पुरस्कारको लोभले मान्छेहरूको सामुन्ने उभिएर आफ्नो रचना सुनाउँदा, सुन्नेको आँखा चम्किला लाग्थे, फेरि फेरि त्यो चमक हेर्ने लोभले लेखाइरहन थाल्यो। बुवा भन्नुहुन्थ्यो, ‘कहिलै लेख्न नछोड्नू।’ तर, मैले सुनिनँ त्यो कुरा। लेखनलाई धेरैपटक छोडेँ। मैले जति छोडे पनि लेखनले मलाई कहिल्यै छोडेन।  

आइएस्सी पढ्न काठमाडौँ आएपछि केही कविताहरू छापिए। केही कविता र कथाहरू रेडियो नेपालको ‘साहित्य संसार’मा बजे।

इन्जिनियरिङको पढाइ सुरू गरेपछि छाप्ने क्रम छुट्यो। लेख्ने र हराउने क्रम भने  चलिरह्यो।

पढ्दै जाँदा गुरूप्रसाद मैनाली, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, बालकृष्ण सम, ध्रुवचन्द्र गौचम, ध्रुव सापकोटा, नयनराज पाण्डे, कृष्ण धारावासी, बानिरा गिरीलगायत अरू सबैजसो सम्मानित, चर्चित, अलि कम चर्चित साहित्यकारहरूका  रचनाहरू पढ्ने मौका पाएँ।

हिन्दी पढ्नु अत्यन्तै सुखद र आनन्ददायक लाग्थ्यो। बिस्तारै पढेको हिन्दीमा पछि रवीन्द्रनाथ टैगोर, प्रेमचन्द, हरिवंश रायबच्चन, मन्टो, आचार्य चतुरसेन, अमृता प्रितम, गुलजार आदिसँग इन्डियन लाइब्रेरीमा भेट भयो। आइएस्सी र इन्जिनियरिङ ताका हिन्दीमा अनुदित रुसी साहित्यका चेखव, माक्सिम गोर्की र अरू पनि पढ्न पाइयो।

nimb
nimb
Ncell 2
Ncell 2

अनिवार्य अङ्ग्रेजीबाट घस्रिदै सुरु भएको अङ्ग्रेजी साहित्यको पठन लियो टोल्स्टोय, डीएच लोरेन्स, एन्तोन चेखब हुँदै  चिनेको पश्चिमा साहित्यमा अचेल एलिस मुनरो र झुम्पालाहिरी एकदम मनपर्छ। परिचय त थोपासँग भयो, अझै महासागर चिन्न बाँकी छ।

सधैँ लागिरह्यो, पुस्तकको रूपमा छापिने मान्छेहरू मभन्दा भिन्न हुन्। तिनीहरूको बोली, व्यवहार र दैनिकी अत्यन्तै फरक हुन्छ होला। यति सोच्दा सधैँ लाग्यो- ‘के म पनि तिनीहरूको पङ्क्तिमा उभिन योग्य छु? प्रश्न त अझै पनि ज्यूँदै छ। उत्तर कहाँबाट आउने हो थाहा छैन। प्रकाशकबाट? पाठकबाट? समालोचकबाट या आफैँबाट?

जीवनको एउटा कालखण्ड यस्तो पनि आयो, मनमा प्रश्न उठिरहे, किन लेख्ने? कसको लागि लेख्ने? लेखेर के हुन्छ? सबै प्रश्नहरूलाई मैले भेटेको उत्तरले समेट्छ वा समेट्दैन भन्न सक्दिनँ। अचेल लाग्छ, सबभन्दा बढी आफ्नो लागि लेख्ने। त्यसपछि ती पात्र र समाजका लागि लेख्ने र प्रसिद्ध अमेरिकी लेखक टोनी मोरिसन भन्छिन्, ‘आफूभित्रको  कथा नभनी बाँच्नु पीडा हो।’ सायद त्यो पीडाबाट बच्न लेखिरहन्छु र लेखिरहनेछु, प्रकाशन त त्यसपछिको कुरा हो। जति लेख्यो आफैँभित्र त्यति धेरै पत्रहरू उघ्रिएजस्तो लाग्छ। त्यति धेरै आफैँलाई चिनेजस्तो लाग्छ।

सुरू सुरूमा आफ्नो रचनाको स्वीकार्यताको डरले सताउँथ्यो, अचेल अलिक कम डर लाग्छ। स्टिभनकिङ भन्छन्, ‘प्रतिभा नुनभन्दा पनि सस्तो कुरा हो, मेहनतले मात्रै सफलता र असफलता छुट्याउँछ।’ यो वाक्यले पटक पटक ढाडस दिन्छ।  

यी कथाहरू कसका हुन्?
संसारका हरेक समाज, नयाँ वा पुराना भाषिक परम्पराहरूमा कथाको प्रचलन छ। कथा र काव्यको इतिहास, लेखनको इतिहासभन्दा पुरानो छ। श्रुति परम्पराबाट आएका पूर्वका वेद, पुराण वा पश्चिममा होमरले लेखेको ओडिसी वा प्राचीन मेसोपोटामियामा कालोमाटोका ठूल्ठूला इटा (क्ले ट्याब्लेट) मा लेखिएका गिल्गामेसका कथाहरूले त्यो समयका चालचलन र परम्परा त भन्छन् नै। त्योभन्दा अघि बढेर हजारौँ वर्षपछिका हामीलाई शाश्वत मानवीय मूल्य, चाहना र कमजोरीहरूसँग पनि जोडिरहन्छन्। 

हालसालका चेखव, लु सुन, तोल्स्तोय, टैगोर वा अन्यले भनेका र लेखेका कथाहरूले पनि पौराणिकताको हैसियत प्राप्त गरे भने सयौँ वा हजारौँ वर्षपछिका मान्छेले, यो समयका कथा पढेर र सुनेर भन्लान् ती मान्छेहरू, त्यसरी बाँचेका थिए। हामी त्यो बाटो हिँडेर यहाँसम्म आएका हौँ। यो समयका मानवीय मूल्यले पनि सुदूर समयमा कसै न कसै गरेर त्यो समयका मान्छेलाई बाटो देखाउलान् जसरी हामी दैनिक जीवनमा उद्धरण गरिरहन्छौँ रामायण, महाभारत वा अन्य कैयौँ कथाका पात्रहरुलाई।  

यसको अर्थ वा दाबी, यस पुस्तकमा भनिएका कथाहरूको शक्ति, माथि नाम लिइएका वा नलिइएका कथा वा कथाकारसँग कुनै तुलना होइन। तर्क यति मात्रै हो यी र यस्ता सयौँ बलिया र कमजोर कथाहरूको जगमा उभिएर, कुनै दिन एउटा व्यासले भन्नेछ, यो युगको कथा, जुन बाँचिरहनेछ दिगदिगन्तरसम्म। त्यसैले भनिनु आवश्यक छ, यी कथाहरू कसै न कसैबाट। 

यी कथाहरू केशवराज ज्ञवालीका होइनन्। मसीमात्रै उसको हो। कथा त अरूकै। झण्डै सबैजसो कथा, वरिपरिको समाज र मान्छेका व्यवहारका बाछिटाबाट आएका हुन्। जुन कुरा आफ्नो होइन, त्यो किन आफैँसँग राखिराख्नु। यो कथा जहाँबाट टिपिएको हो, त्यतै फर्काउने कोसिस गरेको छु। ‘आगे यी कथाका मालिकहरूको मर्जी, त्वदियम वस्तु गोविन्दम, तुभ्यमेव  समर्पयामी।’

(ज्ञवालीको कथा संग्रह ‘अर्को भोर’ शनिबार सार्वजनिक भएको छ।)

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध
प्रधानमन्त्री शाहले थाले तराई मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल
राष्ट्रपति पौडेलद्वारा समवेदना प्रकट
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
राष्ट्रपति पौडेलले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल शुक्रबार, साउन १५, २०८३
तराई-मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग शुक्रबार, साउन १५, २०८३
सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकाण्ड : शव बुझ्न सहमति, पोस्टमार्टमको तयारी शुक्रबार, साउन १५, २०८३
देवानगञ्ज गोलीकान्डका मृतकका परिवारले शव बुझेनन्, दबाबमा सहमति गराइएको भन्दै विरोध शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्