• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

कथाहरूको कथा

केशवराज ज्ञवाली शनिबार, पुस १०, २०७८  १८:३१
1140x725

यहाँसम्मको बाटो 
निकै सानोमा आमाले, मावलकी हजुरआमाले किसिमकिसिमका कथा हाल्नुहुन्थ्यो। उहिलेका  कुरा, भूतप्रेतका कुरा, चराचुरुङ्गीका कुरा। चराहरू बोल्थे, बादल, सूर्य, आकाश सबै कुरा गर्न आइपुग्थे। नयाँ-नयाँ कथा। लाग्थ्यो- कसैलाई थाहा नभएको कुरा ‘कथा’ हो।

अक्षर चिन्दै जाँदा र कक्षाको खुड्किला उक्लिँदै जाँदा धेरै नयाँ-नयाँ कथाहरूसँग परिचय बन्यो। ‘झगडाको ओखती’, ‘आफैँलाई बिर्संदा’, ‘महादेवले पनि हार्नुपरेछ’, ‘लालु र काल’ आदिआदि। कथा पढ्ने इच्छा यति तीव्र थियो कि तीन कक्षातिर पढ्दा दाजुहरूका कक्षा आठ, नौका पुस्तकमा कथाहरू खोज्न थालेको थिएँ। यो बानीले बिस्तारै पाठ्यक्रमभन्दा बाहिरका कथाहरू पढाउन थाल्यो।

कक्षा पाँचमा पढ्दा कथा लेखेर स्थानीय पत्रिकामा छाप्नको लागि त्यसको कार्यालयमा पुगेको थिएँ। सम्पादकले दुई रूपियाँ लिएर कथाको फोटोकपी गरेर फिर्ता दिए। नौ, दस वर्षको फुच्चेलाई लाग्यो, छाप्ने भनेको यही हो। फोटोकपी मेसिनबाट तातो कागजमा काला-काला अक्षरहरू ताँती लागेर निस्किँदा एकदम खुसीले  सास रोकिएला जस्तो भयो। त्यो कथा हरायो र सुरू भयो लेख्ने र हराउने क्रम।

पुरस्कारको लोभले मान्छेहरूको सामुन्ने उभिएर आफ्नो रचना सुनाउँदा, सुन्नेको आँखा चम्किला लाग्थे, फेरि फेरि त्यो चमक हेर्ने लोभले लेखाइरहन थाल्यो। बुवा भन्नुहुन्थ्यो, ‘कहिलै लेख्न नछोड्नू।’ तर, मैले सुनिनँ त्यो कुरा। लेखनलाई धेरैपटक छोडेँ। मैले जति छोडे पनि लेखनले मलाई कहिल्यै छोडेन।  

आइएस्सी पढ्न काठमाडौँ आएपछि केही कविताहरू छापिए। केही कविता र कथाहरू रेडियो नेपालको ‘साहित्य संसार’मा बजे।

इन्जिनियरिङको पढाइ सुरू गरेपछि छाप्ने क्रम छुट्यो। लेख्ने र हराउने क्रम भने  चलिरह्यो।

पढ्दै जाँदा गुरूप्रसाद मैनाली, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, बालकृष्ण सम, ध्रुवचन्द्र गौचम, ध्रुव सापकोटा, नयनराज पाण्डे, कृष्ण धारावासी, बानिरा गिरीलगायत अरू सबैजसो सम्मानित, चर्चित, अलि कम चर्चित साहित्यकारहरूका  रचनाहरू पढ्ने मौका पाएँ।

हिन्दी पढ्नु अत्यन्तै सुखद र आनन्ददायक लाग्थ्यो। बिस्तारै पढेको हिन्दीमा पछि रवीन्द्रनाथ टैगोर, प्रेमचन्द, हरिवंश रायबच्चन, मन्टो, आचार्य चतुरसेन, अमृता प्रितम, गुलजार आदिसँग इन्डियन लाइब्रेरीमा भेट भयो। आइएस्सी र इन्जिनियरिङ ताका हिन्दीमा अनुदित रुसी साहित्यका चेखव, माक्सिम गोर्की र अरू पनि पढ्न पाइयो।

Ncell 2
Ncell 2
nimb
nimb

अनिवार्य अङ्ग्रेजीबाट घस्रिदै सुरु भएको अङ्ग्रेजी साहित्यको पठन लियो टोल्स्टोय, डीएच लोरेन्स, एन्तोन चेखब हुँदै  चिनेको पश्चिमा साहित्यमा अचेल एलिस मुनरो र झुम्पालाहिरी एकदम मनपर्छ। परिचय त थोपासँग भयो, अझै महासागर चिन्न बाँकी छ।

सधैँ लागिरह्यो, पुस्तकको रूपमा छापिने मान्छेहरू मभन्दा भिन्न हुन्। तिनीहरूको बोली, व्यवहार र दैनिकी अत्यन्तै फरक हुन्छ होला। यति सोच्दा सधैँ लाग्यो- ‘के म पनि तिनीहरूको पङ्क्तिमा उभिन योग्य छु? प्रश्न त अझै पनि ज्यूँदै छ। उत्तर कहाँबाट आउने हो थाहा छैन। प्रकाशकबाट? पाठकबाट? समालोचकबाट या आफैँबाट?

जीवनको एउटा कालखण्ड यस्तो पनि आयो, मनमा प्रश्न उठिरहे, किन लेख्ने? कसको लागि लेख्ने? लेखेर के हुन्छ? सबै प्रश्नहरूलाई मैले भेटेको उत्तरले समेट्छ वा समेट्दैन भन्न सक्दिनँ। अचेल लाग्छ, सबभन्दा बढी आफ्नो लागि लेख्ने। त्यसपछि ती पात्र र समाजका लागि लेख्ने र प्रसिद्ध अमेरिकी लेखक टोनी मोरिसन भन्छिन्, ‘आफूभित्रको  कथा नभनी बाँच्नु पीडा हो।’ सायद त्यो पीडाबाट बच्न लेखिरहन्छु र लेखिरहनेछु, प्रकाशन त त्यसपछिको कुरा हो। जति लेख्यो आफैँभित्र त्यति धेरै पत्रहरू उघ्रिएजस्तो लाग्छ। त्यति धेरै आफैँलाई चिनेजस्तो लाग्छ।

सुरू सुरूमा आफ्नो रचनाको स्वीकार्यताको डरले सताउँथ्यो, अचेल अलिक कम डर लाग्छ। स्टिभनकिङ भन्छन्, ‘प्रतिभा नुनभन्दा पनि सस्तो कुरा हो, मेहनतले मात्रै सफलता र असफलता छुट्याउँछ।’ यो वाक्यले पटक पटक ढाडस दिन्छ।  

यी कथाहरू कसका हुन्?
संसारका हरेक समाज, नयाँ वा पुराना भाषिक परम्पराहरूमा कथाको प्रचलन छ। कथा र काव्यको इतिहास, लेखनको इतिहासभन्दा पुरानो छ। श्रुति परम्पराबाट आएका पूर्वका वेद, पुराण वा पश्चिममा होमरले लेखेको ओडिसी वा प्राचीन मेसोपोटामियामा कालोमाटोका ठूल्ठूला इटा (क्ले ट्याब्लेट) मा लेखिएका गिल्गामेसका कथाहरूले त्यो समयका चालचलन र परम्परा त भन्छन् नै। त्योभन्दा अघि बढेर हजारौँ वर्षपछिका हामीलाई शाश्वत मानवीय मूल्य, चाहना र कमजोरीहरूसँग पनि जोडिरहन्छन्। 

हालसालका चेखव, लु सुन, तोल्स्तोय, टैगोर वा अन्यले भनेका र लेखेका कथाहरूले पनि पौराणिकताको हैसियत प्राप्त गरे भने सयौँ वा हजारौँ वर्षपछिका मान्छेले, यो समयका कथा पढेर र सुनेर भन्लान् ती मान्छेहरू, त्यसरी बाँचेका थिए। हामी त्यो बाटो हिँडेर यहाँसम्म आएका हौँ। यो समयका मानवीय मूल्यले पनि सुदूर समयमा कसै न कसै गरेर त्यो समयका मान्छेलाई बाटो देखाउलान् जसरी हामी दैनिक जीवनमा उद्धरण गरिरहन्छौँ रामायण, महाभारत वा अन्य कैयौँ कथाका पात्रहरुलाई।  

यसको अर्थ वा दाबी, यस पुस्तकमा भनिएका कथाहरूको शक्ति, माथि नाम लिइएका वा नलिइएका कथा वा कथाकारसँग कुनै तुलना होइन। तर्क यति मात्रै हो यी र यस्ता सयौँ बलिया र कमजोर कथाहरूको जगमा उभिएर, कुनै दिन एउटा व्यासले भन्नेछ, यो युगको कथा, जुन बाँचिरहनेछ दिगदिगन्तरसम्म। त्यसैले भनिनु आवश्यक छ, यी कथाहरू कसै न कसैबाट। 

यी कथाहरू केशवराज ज्ञवालीका होइनन्। मसीमात्रै उसको हो। कथा त अरूकै। झण्डै सबैजसो कथा, वरिपरिको समाज र मान्छेका व्यवहारका बाछिटाबाट आएका हुन्। जुन कुरा आफ्नो होइन, त्यो किन आफैँसँग राखिराख्नु। यो कथा जहाँबाट टिपिएको हो, त्यतै फर्काउने कोसिस गरेको छु। ‘आगे यी कथाका मालिकहरूको मर्जी, त्वदियम वस्तु गोविन्दम, तुभ्यमेव  समर्पयामी।’

(ज्ञवालीको कथा संग्रह ‘अर्को भोर’ शनिबार सार्वजनिक भएको छ।)

प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार?
कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार? शनिबार, भदौ २७, २०८३
कर्णालीलाई हराउँदै अन्नपूर्णले जित्यो एनभीएल शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण: दुई व्यक्तिले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरियौं शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्