काठमाडौं- जापानी प्रधानमन्त्री फुमियो किशिदाले २०२२ मा ज्याला वृद्धि गर्न आह्वान गरेका छन्। सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम-व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न उनले आह्वान गरेका हुन्।
'मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,' किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गरेका हुन्।
अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीलेनयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गरेका छन्।
त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिएका छन्।
उनले प्रि-प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशत भन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।