काठमाडौं- भारतस्थित पञ्जावको एक अदालतमा विस्फोट भएको छ।
पञ्जावको लुधियानामा अदालत परिसरमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइतेको भएको लुधियानका प्रहरी कमिश्नरलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
प्रहरीका अनुसार विस्फोट अदालतको अर्को भवनस्थित रेकर्ड कक्षमा भएको हो।
घाइतेलाई अस्पताल लगिएको छ।
पञ्जाबका मुख्यमन्त्री चरनजीत सिंह चन्नीले आफू लुधियाना जान लागेको बताए। उनले राज्यमा विधानसभा चुनाव नजिक आउँदै गर्दा राष्ट्र विरोधी शक्तिले यस्तो हर्कत गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।