काठमाडौं– पाकिस्तानको उत्तरपश्चिमी भागमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
कार र ट्रक एक आपसमा ठोक्किँदा कारमा सवार तीन जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।
प्रहरी तथा स्थानीयले घाइतेलाई अस्पताल पुर्याएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ।
दुर्घटना इस्लामाबाद–पेशावर मोटरवेको उत्तरपश्चिमी अटक इन्टरचेन्ज नजिक भएको हो।
पछिल्लो केही दिनयता पाकिस्तानमा बाक्लो कुहिरो लागेकाले सडक दुर्घटना बढेको समाचारमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।