काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले ओमिक्रोन भेरियन्टसँग लड्न आफ्नो प्रशासनले कुनै पनि कमजोरी गरेको विषयलाई अस्वीकार गरेका छन्।
समाचार संस्था एबीसी न्युजलाई दिएको एक अन्तर्वार्ताका क्रममा वाइडेनले कसैले पनि यसको भविष्यवाणी गर्न नसक्ने बताएका छन्। तर, उनका शीर्ष सलाहकार डाक्टर एन्थनी फौचीले भने विशेषज्ञहरुका अनुसार नयाँ भेरियन्ट आउन सक्ने बताएका थिए।
यसको एक दिन पहिला ह्वाइट हाउसले कोरोना टेष्टको कमीका बीच घरमा पाँच करोड कोरोना भाइरस टेस्ट किटको आदेशको योजनाको जानकारी दिएको छ। क्रिसमसलाई मध्यनजर गर्दै लामो समयदेखि यस खालको टेस्टको पर्खाइ भइरहेको छ।
जो वाइडेनले भने, 'मलाई लाग्दैन कि यो असफलता हो। तपाईं तर्क दिन सक्नुहुन्छ कि हामी एक वर्ष पहिला, ६ महिना पहिला या दुई महिना वा एक महिना पहिला थाहा हुनुपर्थ्यो।'
यदी पाँच महिना पहिला पाँच करोड टेस्ट किट माग गर्नेबारे सोचेको भए ठिक हुने उनले बताए।
एक वर्ष पहिला जो वाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको कोभिड-१९ टेस्टको कमीलाई लिएर आलोना भएको थियो।
न्युयोर्कमा बुधबार २९ हजार संक्रमित थपिएका छन्। पछिल्लो हप्तामा संक्रमितको संख्यामा ३० प्रतिशतको उछाल आएको छ।
गत हप्ता उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसलाई डेल्टा या ओमिक्रोन भेरियन्ट आउँछ भन्ने नलागेको जनाएको थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।